शरीरको दुखाई कम गर्ने औषधी हाम्रै भान्छामा, मात्र प्रयोग गर्न जानौं « Khabarhub

शरीरको दुखाई कम गर्ने औषधी हाम्रै भान्छामा, मात्र प्रयोग गर्न जानौं


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

हामीले भान्छामा दैनिक प्रयोग गर्ने खाद्य पदार्थमा विभिन्न औषधीय गुणहरु हुन्छन् । यो सबैलाइ थाहा भएकै विषय हो । तर त्यसकालाई कसरी प्रयोग गर्ने भन्ने कुरामा निर्भर रहन्छ ।

हाम्रो भान्छामा पाइने यी खानेकुराले हाम्रो शरीरको विभिन्न भागको दुखाइ कम गर्छ । शरीरको कुन भाग दुख्दा कुन खाद्य पदार्थ कसरी प्रयोग गर्ने ? केही टिप्सः

बेसार– दुखाइ निको पार्न अध्ययनहरुका अनुसार पूर्वीय देशमा निकै प्रचलित बेसार एस्पिरिन, आइबुफ्रेनभन्दा तीन गुणा बढी प्रभावकारी हुन्छ । यसले क्रोनिक दुखाइलाई ५० प्रतिशतसम्म घटाउँछ ।

ल्वाङ– दाँत दुखाइका लागि दाँत या गिजा दुखेको छ भने एउटा ल्वाङ चपाउँदा दुई घण्टामै निको हुन्छ । ल्वाङमा भएको इजेनोल नामक तत्व प्राकृतिक एनेस्थेटिक मानिन्छ ।

प्याजको रस – कान दुख्यो भने तातो बनाइएको प्याजको दुई थोपा रसलाई दैनिक दुई थोपाका दरले ५ दिनसम्म राख्यो भने कान दुख्ने समस्या निको हुन्छ । वैज्ञानिकका अनुसार प्याजमा पाइने जर्मानियम, सेलेनियम र सल्फर तत्वले दुखाइ गराउने ब्याक्टेरिया मार्छन् ।

गोलभेंडा जूस– खुट्टाको ऐंठनका लागि अध्ययनअनुसार ५ जनामा एकजना खुट्टाको क्र्याम्प अर्थात् ऐंठनबाट पीडित भइरहेका हुन्छन् । पोटासियमको कमीका कारण यस्तो भएको हो । यसका लागि खानामा पोटासियम समावेश गर्नुपर्छ । दैनिक गोलभेंडाको जुस पिउने हो भने यो समस्या हट्छ ।

अदुवा– मांसपेशीको दुखाइका लागि अदुवामा गिंगेरोल्स नामक तत्व पाइन्छ, जसले दुखाइ गराउने हर्मोन उत्पादनलाई रोक्छ । अनुसन्धानकर्ताका अनुसार दैनिक एक चम्चा सुकेको अदुवा वा दुई चम्चा काटेको अदुवा समावेश गर्नुपर्छ ।

चेरी– जोर्नी दुखाइका लागि पछिल्लो अध्ययनअनुसार चार महिलामा एक महिला आर्थराइटिसस, क्रोनिक टाउको दुखाइ तथा जोर्नी दुखाइबाट पीडित छन् । यस्ता समस्याका लागि चेरी उपयोगी मानिएको छ । चेरीलाई रातो बनाउन मद्दत गर्ने एन्थोसाइनिन्स नामक तत्व पीडा घटाउनमा सहयोगी हुन्छन् । यो आइबुफ्रेन र एस्पिरिनभन्दा १० गुणा बढी प्रभावकारी हुने बताइएको छ ।

माछा– पेटको समस्याका लागि पाचनमा समस्या, दिसा गर्दा समस्याहुने इरिटेबल बाउल सिन्ड्रोमजस्ता समस्या छन् भने माछाको नियमित सेवन प्रभावकारी हुन्छन् । अध्ययनका अनुसार माछामा पाइने इपिए तथा डिएचए नामक फ्याटी एसिडले पेटको जलन तथा पेट दुखाइ निको पार्न मद्दत गर्छ । इपिए र डिएचएले ग्याष्ट्रोइन्टेस्टीनल ट्र्याक्टको कार्यमा सुधार गर्छन् ।

दही– महिनावारीअघिको पीडाका लागि विश्वभर ८० प्रतिशत महिलाहरु महिनावरीको चक्रअघि हुने दुखाइबाट पीडित हुन्छन् । यसका लागि दही उपयोगी हुने बताइन्छ । दहीमा पाइने क्याल्सियम तथा खनिजले हर्मोनका कारण हुने पीडालाई निको पार्न मद्दत गर्छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ८ : ५७ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी