बाघको आक्रमणबाट २ दिनमा २ जनाको मृत्यु « Khabarhub

बाघको आक्रमणबाट २ दिनमा २ जनाको मृत्यु


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेमा दुई दिनको अन्तरालमा बाघको आक्रमणमा परेर दुई महिलाको मृत्यु भएको छ । मंगलबार पाटेबाघको आक्रमणमा परेर राप्ती सोनारी–८ शिवशक्ति सामुदायिक वनमा घाँस काट्न गएकी राप्ती सोनारी–८ बालापुरकी ६० वर्षीया ठगी खड्काको मृत्यु भएको हो ।

घाँस काट्न शिवशक्ति सामुदायिक वनको डप्का खोलास्थित जंगलमा गएका बेलामा पाटेबाघले आक्रमण गरी उनको छातीको भाग खाएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

दुई दिनअघि मात्र कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेतको बाघको आक्रमणमा परेर मृत्यु भएको थियो । उनलाई गत आइतबार अपराह्न ४ बजेतिर बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्रमा पर्ने ‘परेवा बस्ने ढिक’ मा दाउरा लिन गएका बेला बाघले आक्रमण गरेको थियो ।

दाउरा लिन गएकी बस्नेत घर नफर्किएपछि खोज्न जाँदा स्थानीयले मृत भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । पछिल्लो समय बाँके र बर्दिया जिल्लामा पाटेबाघको आक्रमण बढेको छ । यसअघि २०७५ माघयता पाटेबाघको आक्रमणमा परेर बाँके र बर्दियामा चार जनाको मृत्यु भइसकेको छ ।

बाघको आक्रमण बढेसँगै बाँके र बर्दिया निकुञ्जका मध्यवर्ती क्षेत्रसँगै आसपास गाउँका बासिन्दा त्रसित बनेका छन् । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या वृद्धि भएसँगै निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ पस्न थालेको बताइन्छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ९ : २३ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको