अमेरिका पुराइदिने भन्दै मलावीमा बन्धक बनाएका ४ युवाको उद्धार « Khabarhub

अमेरिका पुराइदिने भन्दै मलावीमा बन्धक बनाएका ४ युवाको उद्धार


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानव तस्करहरुले अमेरिका पुराइदिने भन्दै लगेका चार युवाको मलावीबाट उद्धार भएको छ। उद्धार भई स्वदेश फर्किनेहरु मानिरज रोकाया, रविन रेग्मी, नारायण आचार्य र सरोज जिसी छन्। उनीहरु सोमबार नेपाल आएका हुन्।

उनीहरुलाई गतवर्षको दशैंदेखि मानव तस्करहरुले अमेरिका छिराइदिने भन्दै नेपालबाट भियतनामको बाटो हुँदै लगेका थिए । उनीहरुलाई भियतनामबाट माडागास्कार, जोर्डन, दुबई, अजरबैजान हुँदै मलावी पुर्‍याइएको पीडितहरुले बताएका छन्।

उनीहरुलाई मलावीमा बन्धक बनाइएको सूचना पाएपछि नेपाल प्रहरीको अनुरोधमा मलावी प्रहरीले स्थानीय ब्लान्टायर शहरबाट उद्धार गरेर नेपाल फर्काइएको थियो।

अमेरिका छिर्ने प्रलोभनमा परेका युवाहरुले मानव तस्करहरुले अमेरिका छिराईदिने प्रलोभन दिएर आफुहरुको लाखौं रुपैयाँ लिएको बताएका छन्।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ९ : ३६ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह