उपनिर्वाचन– स्थानीय तहका लागि मनोनयन दर्ता आज « Khabarhub

उपनिर्वाचन– स्थानीय तहका लागि मनोनयन दर्ता आज


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–उपनिर्वाचनका लागि आज (बुधबार) उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

विहान १० बजेदेखि दिउँसो १ बजेभित्र जिल्लास्थित निर्वाचन अधिकृत कार्यालय पुगेर दल वा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्ने आयोगले जनाएको छ ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि धरान उपमहानगरपालिका सहित तीन गाउँपालिका र ४३ वडामा रिक्त अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन तालिका अनुसार आज उम्मेदारको मनोनयनपत्र दर्ता गर्ने र सूची प्रकाशन गर्ने कार्यक्रम छ । त्यस्तै भोलि उम्मेदारको विरोधमा उजुरी दिने, २९ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गर्ने र नामावली प्रकाशन गर्ने, ३० गते नाम फिर्ता लिन चाहने उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने तथा मङ्सिर १ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

उपनिर्वाचनका लागि संघीय र प्रदेशसभा क्षेत्रमा कात्तिक २१ गते नै उम्मेदवारको दर्ता भइसकेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ११ : १९ बजे

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त