अमेरिकाका कैयौँ ठाउँमा हिमपात, तापमानमा भारी गिरावट « Khabarhub

अमेरिकाका कैयौँ ठाउँमा हिमपात, तापमानमा भारी गिरावट


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको विभिन्न स्थानमा हिउँ परेको र कयौं स्थानमा हालसम्मकै कम तापक्रम महसुस गरिएको छ ।

उत्तरी ध्रुवक्षेत्रबाट हावाको झोक्का आएका कारण नोभेम्बर महिनामै अमेरिकाका कैयौँ स्थानमा मध्य हिउँदयामको जस्तो हिउँ परेको र कैयौँ स्थानमा हालसम्मकै कम तापमान महसुस गरिएको बीबीसीले जनाएको छ ।

विभिन्न स्थानमा बाक्लो हिउँ परिरहेको छ । कान्सास र इलिनोय राज्यमा नयाँ रेकर्ड कायम भइरहेको छ। मौसम पूर्वानुमान गर्ने विज्ञहरूका अनुसार यो हप्ता सयौँ त्यस्ता रेकर्ड बन्न सक्ने सम्भावना छ ।

खराब मौसमका कारण एक हजार भन्दा बढी हवाई यात्रा रद्द गरिएको छ भने सडक दुर्घटनामा परेर चार जनाले ज्यान गुमाएका छन् ।

नेसनल वेदर सर्भिसका अनुसार हावाको झोक्का समतल क्षेत्रबाट पूर्वी तटीय क्षेत्र तर्फ फैलिँदैछ जसकारण नोभेम्बर महिनामा समेत त्यस क्षेत्रका बासिन्दालाई ‘जाडो मौसम जस्तै’ अनुभूति हुन सक्ने त्यो निकायले चेतावनी दिएको छ ।

सबैभन्दा कम तापमान गार्डेन सिटीमा मापन गरिएको छ जहाँको तापक्रम माइनस १८ डिग्री सेल्सियस पुगेको बताइएको छ ।

शिकागोमा पनि हाल सम्मकै कम तापमान मापन गरिएको छ। शिकागोको तापक्रम सन् १९८६ को भन्दा कम रहेको बताइएको छ । अमेरिका र मेक्सीकोबीचको सीमा नजिकै रहेको टेक्सस राज्य स्थित एउटा सहरमा दुर्लभ हिमपात भएको बताइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १२ : ५१ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी