उमेर अनुसार कस्तो र कति मासु खाने ? थाहा पाउँनुहोस् « Khabarhub

उमेर अनुसार कस्तो र कति मासु खाने ? थाहा पाउँनुहोस्


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माछा मासुलाई प्रोटिनसहित पोषणको राम्रो स्रोत मानिन्छ । १०० ग्राम मासुमा लगभग २५ ग्रामभन्दा बढी प्रोटिन पाइनुका साथै भिटामिन र मिनिरल पनि प्रशस्त मात्रामा पाइन्छ ।

मासुको सेवनले मांसपेसी विकासमा समेत मद्दत गर्छ । मासुमा आइरनसहित भिटामिन ‘ए’, ‘डी’, ‘ई’ र केही मात्रामा भिटामिन ‘बी’ र जिंकसमेत पाइन्छ ।

जसको सेवनले मानिसलाई निकै फाइदा पुर्या‍उँछ । तर चाहिनेभन्दा बढी मासुको सेवन भने स्वास्थ्यका लागि हानिकारक हुन्छ । हामी केही टिप्स दिँदैछौँ, जसमा उमेरअनुसार कति मासु खाने त्यसको जानकारी मिल्दछ ।

१. एउटा स्वस्थ वयस्क व्यक्तिलाई प्रत्येक दिन ६० देखि ७० ग्राम प्रोटिन चाहिन्छ । वयस्कहरुले हप्तामा एकदिन चिल्लो र छालारहित मासु सेवन गर्न सकिन्छ । वयस्क व्यक्तिलाई हप्तामा एक दिन मात्र मासु खानु स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ ।

२. बच्चालाई दैनिक २५ देखि ३० ग्राम प्रोटिन आवश्यक हुन्छ । बढ्ने उमेर भएका बच्चालाई अधिक मात्रामा प्रोटिन र आइरनको आवश्यकता पर्दछ । त्यसैले बच्चालाई पचाउन सक्नेगरी मासु खुवाउन सकिन्छ । तर एकै पटकमा धेरै मासु दिनुभन्दा थोरैथोरै गरेर दिएको मासुले लाभ दिन्छ ।

३. १८ वर्षसम्मका किशोर–किशोरीले रातो मासु खाँदा कुनै असर गर्दैन । तर त्योभन्दा बढी उमेर समूहका मानिसले भने शरीर, दैनिक क्रियाकलाप र स्वास्थ्य अवस्थाअनुसार मात्र केही मात्रामा रातो मासु खान सक्छन् । रातो मासु भन्नाले खसी र रागाको मासु पर्दछ भने कुखुरा र माछाको मासुलाई सेतो मासु भनिन्छ ।

४. सुत्केरी, गर्भावस्थाका महिलालाई दैनिक ६० देखि १०० ग्राम प्रोटिन आवश्यक हुन्छ । साथै मासुमा हुने आइरनले सुत्केरी र गर्भवती महिलाहरुलाई शरीरमा रगतको पूर्तिका लागि मद्दत गर्छ । त्यसैले यस्तो अवस्थामा अन्य सन्तुलन भोजनसँग मिलाएर मासु सेवन गर्दा राम्रो मानिन्छ ।

तर मासु खाँदा कब्जियतलगायतका पेटका समस्यासमेत देखिन सक्छ । त्यसकारण मासु खादा सचेत हुनु आवश्यक छ । अन्यथा उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी रोगहरुले सताउन सक्छ । मासुको सेवन गर्दा भिटामिन सीयुक्त खानेकुरासंग मिलाएर खाएमा मासुबाट आउने फलामतत्व र पोषणलाई सोस्न मद्दत गर्छ । प्याकिङको मासु भन्दा ताजा र सुरक्षित मासु हाम्रो स्वास्थ्यका लागी उपयुक्त हुन्छ ।
_

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  २ : ४८ बजे

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।