विप्लव समूहका नेताले दिए उपनिर्वाचनमा उम्मेदवारी « Khabarhub

विप्लव समूहका नेताले दिए उपनिर्वाचनमा उम्मेदवारी


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोल्पाको थवाङमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका एक नेताले उम्मेदवारी दर्ता गराएका छन् ।

थवाङ गाउँपालिका– १ मा‘विप्लव’ नेतृत्वका पार्टीका भद्रकुमार झाँक्रीले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएका हुन् ।

थवाङ वडा नम्बर १ मा रिक्त अध्यक्ष पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । अध्यक्षमा उम्मेदवारी दिन वडा नम्बर १ का निर्वाचित सदस्यसमेत रहेका झाँक्रीले मंगलबार गाउँपालिका अध्यक्ष बीरबहादुर घर्ती मगरलाई राजीनामा दिएका थिए ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्ष फर्कबहादुर बुढासहित सबै प्यानल स्वतन्त्र उम्मेदवारले जितेका थिए ।

वडाध्यक्षका लागि बुधबार नेकपाको तर्फबट जनकबहादुर बुढा, नेपाली कांग्रेसका कमल रोका र विप्लवको तर्फबाट भद्रबहादुर झाँक्रीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ३ : ४३ बजे

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ