राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट « Khabarhub

राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नोपली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज शिष्टाचार भेट गरेका छन् ।

भेटमा दुई देशबीच आपसी हित, आर्थिक साझेदारी र विकासका विषयमा समेत छलफल भएको भेटवार्तामा सहभागी काङ्ग्रेस नेता डा नारायण खड्काले जानकारी दिए ।

भेटमा सभापति देउवाले व्यापार, ‘कनेक्टीभिटी’, जलविद्युत् आयोजना निर्माण र नेपालबाट विद्युत् खरीद गर्ने विषयलाई प्राथमिकतामा राखेर कुराकानी गरेका थिए । प्रतिउत्तरमा राष्ट्रपति हमिदले नेपालमा लगानी गर्न इच्छा व्यक्त गर्नाका साथै विद्युत् खरीद गर्न पनि बङ्गलादेश तयार रहेको बताएको खड्काले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति हमिदले उच्चस्तरीय भ्रमण कम भएको प्रसङ्ग जोड्दै भ्रमण बढाउनुपर्नेमा पनि जोड दिएका थिए । बङ्गलादेशको स्वतन्त्रता क्रान्तिमा नेपालले सहयोग गरेकामा उनले खुशी व्यक्त गर्दै योगदान पुर्‍याउने १३ नेपालीलाई सम्मान गरिएको जानकारी गराए ।

राष्ट्रपति हमिद राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणका क्रममा नेपालमा छन् ।

मङ्गलबार उनीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भेटवार्ता गरेका थिए भने थिए भने आज राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसकेका छन् ।

आजै नेपाली समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीबीच पनि राष्ट्रपति हमिदको भेटवार्ता हुँदै छ । भक्तपुर दरबार स्क्वायरको अवलोकन भ्रमण गर्नुभएका उहाँले बिहीबार कास्कीको पोखरा र काठमाडौँको चन्द्रागिरिको भ्रमण गर्ने कार्यतालिका छ । मङ्गलबार आएका राष्ट्रपति हमिद भ्रमण सम्पन्न गरी कात्तिक २९ गते स्वदेश फर्कनेछन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ४ : ०५ बजे

यू–१९ गर्ल्स बास्केटबल लिग काठमाडौंमा सुरु

काठमाडौं – युवा महिला खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना

आदिवासी जनजातिका आवाजलाई सञ्चारमाध्यमले स्थान दिनुपर्छ : मन्त्री गौतम

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सीमान्तकृत समुदायका

उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वैध रूपमा गरिएको लगानी, सिर्जना

‘सुपर कमेडी लिग’को प्रेसिडेन्टमा हमाल, चार कलाकार क्याप्टेन

काठमाडौं – अभिनयमा आधारित कमेडी रियालिटी शो ‘सुपर कमेडी लिग’

दुई पूर्वप्रधानमन्त्रीका स्वकीयको सम्पत्तिमाथि अख्तियारको छानबिन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल