अनौठो नियम : रातको १० बजेपछि होमवर्क गराउँन नपाइने « Khabarhub

अनौठो नियम : रातको १० बजेपछि होमवर्क गराउँन नपाइने


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – विद्यार्थी जीवनमा हरेकको एउटै समस्या हुन्छ, होमवर्क । दिनभरी पढेको बिषयको रातभरी होमवर्क गर्नुपर्दा कतिपय विद्यार्थीहरु यसलाई बोझ मान्ने गर्दछन् ।

अझ साना उमेर र तल्लो कक्षाका विद्यार्थीका लागि त होमवर्क पहाड नै सावित हुन्छ । तर प्रतिस्पर्धाको दुनियाँ भन्दै आफ्नै छोराछोरीलाई होमवर्कको बोझ थप्न अभिभावक पनि लागि पर्छन् ।

त्यसैले विद्यालय होस् वा घरमा जतिबेलै पनि पढाई लेखाईमा समय दिने हुदा विद्यार्थीहरु अरु कामका लागि फुर्सदसमेत हुँदैनन् । तर चीनमा भने यो समस्या छैन । चीनमा समयभन्दा बाहिर होमवर्क गर्न पाइँदैन ।

विद्यार्थीमाथि बोझिलो बनेको होमवर्कबाट क्रुद्ध भएर चीनमा एउटा अनौठो कानून बनाइएको छ ।

चीनको झेजियाङ प्रान्तमा लागू भएको यो नियमले निकै ठूलो चर्चा पाएको छ । उक्त कानुन अनुसार कुनै पनि अभिभावकले आफ्ना छोराछोरीलाई राति १० बजेपछि होमवर्क गराउँन पाइदैन ।

उनीहरुलाई अनिवार्य सुत्न दिनुपर्ने हुन्छ । होमवर्कका लागि १० बजेपछि पछि छोराछोरीलाई अनिदो राख्न नपाइने भएपछि अभिभावकहरु १० बजे अगावै आफ्ना सन्तानलाई सुत्न दिने गरेका छन् ।

नियममा बच्चाका लागि होमवर्कभन्दा पर्याप्त निद्रा महत्वपूर्ण हने भन्दै रातमा १० बजे अगावै सुताउनु पर्ने नियम छ ।

यतिमात्रै होइन, शनिबार र आइतबार विद्यार्थीले मज्जाले खेल्न तथा रमाइलो गर्न पाउनुपर्ने, विदाका दिन पढ्न पठाउन वा घरमै पढाउने मान्छे बोलाउन समेत पाइने छैन । तर अभिभावकहरुले यस नियमको विरोध गरिरहेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ४ : ४८ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक