बागलुङको बडिगाडमा नेकपाका उम्मेदवारलाई जनमोर्चाको समर्थन « Khabarhub

बागलुङको बडिगाडमा नेकपाका उम्मेदवारलाई जनमोर्चाको समर्थन


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङमा बडिगाड गाउँपालिका वडा नं. २ मा वडा अध्यक्षको लागि हुने उपनिर्वाचनको लागी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फवाट ढालप्रसाद शेरचन, नेपाली काग्रेसको तर्फवाट डिल बहादुर राना र समाजवादी पार्टीको तर्फवाट हरिलाल रानाको उमेद्वारी परेको छ ।

नेकपाका उमेद्वार ढालप्रसाद शेरचनको प्रस्तावकमा खगिश्वर अर्याल र समर्थकमा राष्ट्रिय जनमोर्चाका प्रेम बहादुर पुन रहेका छन् ।
त्यस्तै नेपाली काग्रेसका उमेद्वार डिल बहादुर रानाको प्रस्तावकमा होसियारसिंह थापा र समर्थकमा प्रेमलाल अर्याल रहेको निर्वाचन अधिकृत ध्रुव ढकालले जानकारी दिए ।

निर्वाचन कार्यालय बडिगाड गाउँपालिका ५ खार बजारमा आज विहान ११ बजे देखि दिउसो १ बजे सम्म मनोनयन दर्ता गरिएको थियो। उपनिर्वाचनमा बडिगाड गाउँपालिका वडा नं. २ मा एक हजार सात सय ४२ मतदाता सहभागि हुने निर्वाचन कार्यालय बडिगाडले जनाएको छ।

वडा अध्यक्ष विष्णु प्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएकोले निर्वाचन हुन लागेको हो । मनोनयनको समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा बागलुङ इन्चार्ज बलावती शर्मा, तथा नेपाली काग्रेसको तर्फवाट सांसद ज्ञानकुमारी छन्त्याल लगाएतको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ४ : ५४ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले