विवादित सीमाको अध्ययनमा जुट्यो नेपाली सेना | Khabarhub Khabarhub

विवादित सीमाको अध्ययनमा जुट्यो नेपाली सेना


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय नेपाल–भारतबीच सीमा विवादको विषय चासो र चर्चाको विषय बनिरहँदा नेपाली सेनाले सीमाको अध्ययन शुरु गरेको छ ।

नेपाली सेनाले करिब ३ महिना अगाडिदेखि नै सीमाको अध्ययन शुरु गरेको हो ।

रक्षामन्त्रीस्तरीय निर्णयको आधारमा पुराना दस्तावेज समेतको आधारमा सीमा नाकाको अध्ययन शुरु गरिएको सैनिक स्रोतले खबरहबलाई जानकारी दियो ।

नेपाली सेनाले ‘सन्धी सम्झौता तथा नक्सा अध्ययन एवम् अनुसन्धान केन्द्र’ स्थापना गरी सीमा क्षेत्रको अध्ययन शुरु गरेको हो ।

सैनिक स्रोतका अनुसार पछिल्लो समय भारतसँगका सीमालाई लिएर बढिरहेको विवादका कारण विवादित सीमाको अध्ययन भइरहेको छ ।

‘नेपाल र भारतबीचको सीमा क्षेत्रअन्तर्गत विवादित क्षेत्रको अध्ययनलाई पहिलो प्राथमिकता दिइएको छ,’ सैनिक स्रोतले खबरहबसँग भन्यो, ‘यसका लागि सर्वे तथा सीमा अनुगमन भनेर छुट्टै टिम नै बनाइएको छ ।’

रक्षामन्त्रीस्तरीय निर्णयाअनुसार १४ चैत २०७५ मा रक्षा मन्त्रालयले पत्र लेख्दै सेनालाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित द्विपक्षीय र अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, नक्सा एवम् अन्य महत्वपूर्ण दस्तावेजको अध्ययन गर्न भनेको थियो । अध्ययनका लागि नेपाली सेना भित्र ‘सन्धी सम्झौता तथा नक्सा अध्ययन एवम् अनुसन्धान केन्द्र’ स्थापना गर्न भनिएकोमा भदौ पहिलो सातादेखि काम शुरु गरिएको सैनिक स्रोतले खबरहबलाई जानकारी दियो ।

‘सन्धी सम्झौता तथा नक्सा अध्ययन एवम् अनुसन्धान केन्द्र’मा हाल करिब ५० जना सैनिक जनशक्तिको दरबन्दी कायम गरिएको छ । उक्त केन्द्रको नेतृत्व सहायक रथी (ब्रिगेडियर जेनरल)ले गरिरहेका छन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञान देव पाण्डेले रक्षामन्त्रीस्तरीय निर्णयानुसार ‘सन्धी सम्झौता तथा नक्सा अध्ययन एवम् अनुसन्धान’ केन्द्र स्थापना गरी काम शुरु भइसकेको जानकारी दिए ।

‘मन्त्रीस्तरीय निर्णयानुसार केन्द्र स्थापना गरी काम शुरु भइसकेको छ,’ सैनिक प्रवक्ता पाण्डेले खबरहबसँग भने, ‘ अन्य सरकारी निकायसँग पनि सहकार्य गरेर काम अगाडि बढिसकेको छ ।’

केन्द्रले आफ्नो अध्ययन सकेर सैनिक मुख्यालयमार्फत रक्षा मन्त्रालयमा प्रतिवेदन बुझाउने छ ।

‘सीमाको अध्ययन गरे पनि यसको कार्यान्वयन गर्ने निकाय सेना हैन । हामीले मुख्यालय (सैनिक मुख्यालय)मार्फत रक्षा मन्त्रालयमा अध्ययन प्रतिवेदन बुझाउने हो,’ सीमा अध्ययनका लागि गठित केन्द्रका एक अधिकारीले भने, ‘हामीले तयार पारेको अध्ययन प्रतिवेदन आवश्यकताअनुसार सरकारले कार्यान्वयनमा ल्याउन सक्छ ।’

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ५ : ४८ बजे

निर्वासित स्पेनी राजाको संस्मरणले फ्रान्कोबारे नयाँ बहस चर्कायो

एजेन्सी– निर्वासित स्पेनका पूर्व राजा जुआन कार्लोसको नयाँ संस्मरण सार्वजनिक

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

काठमाडौं– दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना

सर्पको डसाइबाट एक महिलाको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ।

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन

काठमाडौं – पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

एजेन्सी– अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक