ट्रक पल्टिदा दुई जनाको मृत्यु « Khabarhub

ट्रक पल्टिदा दुई जनाको मृत्यु


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

परासी – पश्चिम नवलपरासीको दाउन्ने उकालोमा बुधबार भएको ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

वीरगञ्जबाट भैरहवातर्फ आउँदै गरेको ना४ख ४५०४ नम्बरको फलामको रड बोकेको ट्रक पूर्व–पश्चिम राजमार्गको बर्दघाट–४ स्थित दाउन्नेमा बिहान दुर्घटनामा परेको हो ।

ट्रक सडकबाट करिब २५ मिटर तल खसेको थियो । पल्टिएको ट्रकले च्याप्दा सोही ट्रकका धनी सुनवल नगरपालिका–१३ बस्ने २५ वर्षीय बलबहादुर सार्की र सवारी चालक सोही ठाउँ बस्ने २९ वर्षीय नरबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

सडकबाट तल खोल्सोमा खसेको ट्रकलाई क्रेनको सहायताबाट निकालिएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ६ : २९ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब