धरानको मेयर पदमा ११ स्वतन्त्रसहित २३ जनाको उम्मेदवारी दर्ता « Khabarhub

धरानको मेयर पदमा ११ स्वतन्त्रसहित २३ जनाको उम्मेदवारी दर्ता


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी – सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख र वडा नं ७ का वडाध्यक्ष पदका लागि दलहरुले बुधबार उम्मेदवारी दर्ता गराएका छन् । बाजागाजासहित आएका नेकपा तथा नेपाली कांग्रेससहितका विभिन्न दलले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि पञ्चेबाजासहित दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएको नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाका सभापति युवराज दाहालले बताए । धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि नेकपाका तर्फबाट प्रकाश राई र कांग्रेसका तर्फबाट तिलक राईले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी प्रमुख पदकै लागि चार स्वतन्त्र र साना दलले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमर इजम, राप्रपा संयुक्तबाट कुमार बराइली र साझा पार्टीबाट राजनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी अमृत राई, मनराज राई, जनार्दन कोइराला र हर्क साम्पाङले स्वतन्त्र रुपबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन कार्यालयले नेपाली कांग्रेसलाई ११ देखि १२ बजेसम्मको र नेकपालाई १२ बजेपछिको समय दिएको थियो । सोही समय सीमामा रहेर नेकपा र नेपाली कांग्रेसका उम्मेदवारले उमेदवारी दर्ता गराएको स्थानीयवासीले बताएका छन् । अन्य दल र स्वतन्त्र उम्मेदवारको विषयमा समय दिएको थिएन ।

त्यसैगरी ७ नं वडाध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट सुवर्णमोहन पालिखे र नेकपाका तर्फबाट जीवन सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । गत निर्वाचनमा धरान उपमहानरपालिकामा प्रमुख पदमा नेकपाका तर्फबाट तारा सुब्बा विजयी भएका थिए । उनको बिरामीका कारण काठमाडौँमा उपचारका क्रममा निधन भएपछि प्रमुख पद खाली भएको थियो । वडा नं ७ मा नेकपाका तर्फबाट भुवनसिंह मोक्तान विजयी भएका थिए । उनको पनि बिरामी भएका कारण निधन भएपछि सो पद खाली भएको हो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ७ : २५ बजे

बाढीमा छोरा–बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

काठमाडौं – नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका