अवैतनिक महावाणिज्य दूतहरुलाई ललितपुर महानगरको सम्मान « Khabarhub

अवैतनिक महावाणिज्य दूतहरुलाई ललितपुर महानगरको सम्मान


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले विभिन्न देशका अवैतनिक महावाणिज्य दूतहरुलाई सम्मान गरेको छ ।

ललितपुर महानगरले ‘एचसीसी’ र ‘फिकाक’को संयुक्त आयोजनामा बुधबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनका सहभागीहरुलाई पाटन दरबार स्क्वायरमा सम्मान गरेको हो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उपमेयर गीता सत्याल लगायतले सहभागीहरुलाई नेपाली ढाँका टोपी र नेपाली ढाकाको दोसल्ला ओढाएर स्वागत गरेका हुन् ।  सहभागीहरुलाई महानगरपालिकाले मायाको चिनो समेत प्रदान गरेको छ ।

तीन दिनसम्म चल्ने सम्मलेनको आजै उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । ‘नेपालको आर्थिक समृद्धिका लागि ऐक्यबद्धता’ भने नाराका साथ शुरु भएको सम्मेलनमा नेपालको आर्थिक समृद्धि, शिक्षा, रोजगार, पर्यटन, जलवायु परिवर्तन, लैगिक समनता, आप्रवासन समस्या र आर्थिक पहुँच जस्ता विषयमा छलफल हुनेछ ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्व समुदायको सहकार्य विना विकास र आर्थिक उन्नति सम्भव नहुने बताएका थिए । कार्यक्रममा एचसीसीका अध्यक्ष तथा साउथ अफ्रिकाका लागि अवैतनिक महावाणिज्यदूत प्रदीपकुमार श्रेष्ठले नेपालको आर्थिक गतिविधि, सामाजिक रुपान्तरण, जलवायु परिवर्तनजस्ता विषयमा सरकारले नीजि तथा अन्तराष्ट्रिय समुदायसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै फिकाकका प्रमुख आकुता इकानले पछिल्लो समय विश्वमा जलवायु परिवर्तन, आंतककारी हमाल, मानव तस्करीजस्ता विषय चुनौतीका रुपमा देखा परिरहेको भन्दै यो विषयमा विश्व समुदायसँग गम्भीर भएर काम गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा इरानका लागि अवैतनिक महावाणिज्यदूत नरेश श्रेष्ठले विश्व अर्थतन्त्रसँग नेपालको पर्यटन, माइग्रेशन, अध्यागमन जस्ता महत्वपूर्ण विषयलाई जोडनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर, उपमेयर, पूर्व मिस नेपाल अनुश्का श्रेष्ठ लगायतले नेपालको विकासका लागि महावाणिज्यदूतहरुले गनुपर्ने भूमिकाका विषयमा आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ८ : २२ बजे

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको

विविधतामै नेपालको शक्ति, सामाजिक सद्भाव जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपालको शक्ति विविधतामा