कावासोतीमा बस दुर्घटना, नेपाली सेनाका १७ जना घाइते « Khabarhub

कावासोतीमा बस दुर्घटना, नेपाली सेनाका १७ जना घाइते


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- पूर्वी नवलपरासीको कावासोतीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

सुर्खेतबाट काठमाडौंका लागि छुटेको बस कावासोती-३ पुरानो कावासोती बजारमा दुर्घटनामा परेको हो ।

नेपाली सेना सवार बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । नेपाली सेनामा भर्ना छनौट भएर थप तालिमका लागि काठमाडौं आउँदै गरेका जवानहरु सवार बस दुर्घटनामा परेको हो ।

घाइतेमध्य्ये प्रेमबहादुर खत्री र विरेन्द्र शाही गम्भीर छन् । उनीहरुको चितवनमा उपचार भइरहेको छ भने् अन्यको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

ना ६ ख ४०४ नम्बरको बस शनिबार बिहान ३ बजेतिर अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ । बसमा ४० जना सवार थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ८ : ४२ बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग