उत्तर कोरियाले गर्‍यो फेरि आणविक परीक्षण « Khabarhub

उत्तर कोरियाले गर्‍यो फेरि आणविक परीक्षण


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाले उसको भूउपग्रह प्रक्षेपण क्षेत्रबाट आफ्नो आणविक क्षमता बढाउन “महत्त्वपूर्ण परीक्षण” सम्पन्न गरेको त्यहाँको राज्य सञ्चालित मिडिया रिपोर्टमा जनाइएको छ ।

एकजना प्रवक्ताले केसीएनए समाचार एजेन्सीलाई बताएअनुसार शुक्रवार सोहाए स्याटेलाइट लन्चिङ ग्राउन्डमा परीक्षण गरिएको थियो । तर उनले थप विवरण नदिएको बीबीसीले उल्लेख गरिएको छ ।

यो एकहप्ता भन्दा कम समयमा गरिएको दोश्रो परीक्षण हो । अमेरिका र उत्तर कोरियाबीच उत्तर कोरियाको आणविक कार्यक्रमबारेको वार्ता अहिले ठप्प छ ।

प्योङयाङले अमेरिकालाई यो वर्षको अन्त्यसम्मको समयसीमा तोक्दै नयाँ सहुलियहरू दिन भनेको छ र त्यसो नभए उसले ‘नयाँ बाटो’ अपनाउने बताएको छ ।

दक्षिण कोरियाका रक्षा मन्त्रीले डिसेम्बरको सुरुमा जमिनमा आधारित एक इन्जिनको परीक्षण गरिएको बताए । उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टेफन बिगनले आइतबार दक्षिण कोरियाको राजधानी सोलको भ्रमण गर्दैछ्न । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अझ पनि उत्तर कोरियासँग सहमति बन्ने आशा राखेको बताए ।

ट्रम्पले सन् २०१८मा उनले अख्तियार गरेको उनको विदेश नीति एजेन्डा बमोजिम उत्तर कोरियालाई मनाउन उसको पछि लागिरहे पनि, किम जङ-अनसँग दुईपटक शिखर वार्ता गरेपनि र ट्रम्प उत्तर कोरियाली भूमिमै पुगेको भएपनि निरस्त्रीकरणमा महत्त्वपूर्ण उपलब्धि हासिल हुन सकेको छैन ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ६ : २२ बजे

मतपेटिका ढुवानी नेपाल प्रहरीले गर्ने : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत सुरक्षा योजना अनुसार मतदान केन्द्रबाट

विश्वप्रकाशले भने : पुरानाका दिन सकिएका भए धर्मशास्त्र र धर्ती बाँकी हुने थिएनन्

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश बदल्न सबैभन्दा पहिले

आयोग भन्छ : बीबीसीको डकुमेन्ट्री विवाद कूटनीतिक माध्यमबाट समाधान गर्छौँ

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको पहिलो भेट, के के भयो कुराकानी ?

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम

फेलोसिप चिकित्सकलाई नवौँ तह सरहको पारिश्रमिक अनिवार्य

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रमअन्तर्गत कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक