प्रतिबन्ध गर्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध विप्लव नेकपाको वक्तव्य सार्वजनिक « Khabarhub

प्रतिबन्ध गर्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध विप्लव नेकपाको वक्तव्य सार्वजनिक


३० फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले आफ्नो पार्टी र पार्टीका गतिविधिविरुद्ध प्रतिबन्ध लगाउने गरेको निर्णयका विरुद्ध वक्तव्य सार्वजनिक गरेको छ । सरकारले नेकपालाई राजनैतिक मान्यता नदिएर आपराधिक र लुटेरा समूहको संज्ञा दिंदै  प्रतिकबन्ध गरेको निर्णयको विरोधमा नेकपाले प्रतिकार गर्ने चेतावनी सहितको वक्तव्य जारी गरेको हो ।

पार्टीको आदर्शका लागि जस्तोसुकै कठिन यात्रा गर्न पनि तयार रहेको तर दलालहरु र दलाल पूँजीवादी सत्ताका सामु एकरत्ति झुक्न तयार नरहेको वक्तव्यमा जनाइएको छ । वक्तव्यमा भनिएको छ– ‘केपी-वादल कम्पनीले दमन गरेमा त्यसको मुखतोड प्रतिरोध गर्न हामी पूर्णरुपले तयार छौं’, ‘क्रान्तिप्रति गद्दारी गर्दै जनतामा प्रतिक्रियावादी दलाल पूँजीवादी सत्ता लादिसकेपछि श्रमिक जनता र क्रान्तिकारीहरुमाथि फासिवादी दमन, हत्याहिंसा लादिन्छ र त्यसका विरुद्ध प्रतिरोध संघर्ष वाद्यकारी बन्छ भन्ने सवाल हामीले बुझेकै विषय हो ।’

वक्तव्यमा भनिएको छ- प्रतिबन्ध आफूहरुलाई नभई राष्ट्र बेचेर खाने, विदेशको दलाली गर्ने, भ्रष्ट, कमिशनखोर, अपराधी र उनीहरुका मतियारहरुलाई लगाइने  छ । झापाविद्रोह र दश बर्षको महान् जनयुद्धका हजारौं सहिद, वेपत्ता, घाइते र क्रान्तिकारीहरुलाई धोका दिने, कम्युनिष्ट आदर्श, सिद्धान्त, मूल्य मान्यता र लक्ष्य बेचेर खाँदै जनताका वैरीहरुसँग गठजोड गरेर क्रान्तिकारीहरुमाथि दमन गर्ने ‘अधर्मी’, अनैतिक, अन्तर्घाति अपराधीहरुलाई लगाइनुपर्छ ।’

२०७२ सालमा संविधान अस्वीकार गरेदेखि आफूहरुमाथि अघोषित प्रतिबन्ध लगाउँदै आएको सरकारले संसदीय चुनावको बहिस्कार गरेपछि त गोली हान्ने र हत्या गर्नेसम्मका काममा  उत्रिएको  नेकपाले आरोप लगाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहिबार  ५ : ५४ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर