विप्लवमाथिको प्रतिबन्धले तरंग, नेकपाभित्रै असन्तुष्टि « Khabarhub

विप्लवमाथिको प्रतिबन्धले तरंग, नेकपाभित्रै असन्तुष्टि


३० फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बिहीबार प्रकाशित सबै दैनिक पत्रिकाले सरकारले नेत्रविक्रम चन्द विप्लव समूहलाई लगाएको प्रतिबन्ध र यसले निम्त्याउने असहजताका विषयलाई प्राथमिकताका साथ छापेका छन् । कान्तिपुर दैनिकले ‘प्रतिबन्धले तरंग, नेकपाभित्रै असन्तुष्टि’ शीर्षकमा मुख्य समाचार छापेको छ ।

विप्लव समूहको क्रियाकलापलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयले सत्तारुढ दल नेकपाभित्रै असन्तुष्टि बढाएको छ । पार्टीका मुख्य नेताहरुले छलफल नै नगरी निर्णय लिएको भन्दै यो सरकारी निर्णयको स्वामित्व लिने विषयमा समस्या हुने टिप्पणी गर्न थालेका छन् । सरकारको निर्णयपछि नेकपाको सचिवालय सदस्यहरु पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेर छलफल गरेका थिए ।

सत्तारुढ दलमा यो निर्णयबारे दुई प्रकारका धारणा आइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने यो निर्णयको स्वागत गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले जताततै बम विस्फोट गराएर सर्वसाधारणमा आतंक मच्चाउनेलाई कारबाही गरिनुपर्ने भन्दै सरकारको निर्णय ठीक भएको बताएका छन् । तर, नेत्रविक्रम चन्द विप्लवले भने सत्तासामू एकरत्ति नझुक्ने दाबी गरेका छन् । उनले दमन गरे मुखतोड प्रतिरोड गर्ने चेतावनी पनि दिएका छन् ।

त्यस्तै नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै जनअभिमतको व्याख्या गर्न सरकारसँग माग गरेको, नेपालमा लगानीको वातावरण बनाउने नाममा बनाइएका संयन्त्रले झन झमेला थप्दै गरेको खबर प्राथमिकतामा छन्।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहिबार  ६ : ४७ बजे

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा