आन्तरिक कलहमै कांग्रेस, एकअर्काका कमजोरी केलाउँदै गुट बनाउँदै | Khabarhub Khabarhub

आन्तरिक कलहमै कांग्रेस, एकअर्काका कमजोरी केलाउँदै गुट बनाउँदै


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको तीन वर्ष पुगेको छ । यो अवधिमा उनले पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्न त सकेनन नै असन्तुष्ट पक्षलाई साथ लिएर संगठन चलाउन पनि असफल देखिएको नागरिक दैनिकमा खबर छ ।

महाधिवेशन भएको २ महिनाभित्र गठन गरिसक्नुपर्ने पार्टीका विभाग र निकायलाई अझै पूर्णता दिन नसकेको उनले ३ वर्ष कहिले सहमतिबाट त कहिले विधानको प्रावधानबाट अघि बढ्ने प्रयत्न गर्दै विताएका छन् । त्यसमा पनि कांग्रेसभित्रको समस्या भनेको गुटगत राजनीति हो । नेताहरुले एक अर्काका कमजोरी केलाउँदै आआफ्नो गुट बलियो बनाउनेतिर लागेपछि पार्टीभित्रको समस्या झन झागिँदै गएको छ ।

त्यस्तै विप्लवमाथिको प्रतिबन्ध निर्णयले नेकपामा असन्तुष्टि बढेको छ । सचिवालय सदस्यले नेकपा अध्यक्ष प्रचण्डसँग बेग्लै छलफल गरेका छन् । सरकारको निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

त्यस्तै अदालतमा बिचौलिया रोक्न निर्देशन शीर्षकको समाचारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अदालतमा बिचौलिया चिनेर रोक्न, न्यायाधीश र कर्मचारीको अनुशासनसमेत अनुगमन गरी प्रतिबेदन पेस गर्न मुख्य न्यायाधीशलाई अधिकारसहितको लिखित निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ७ : ०२ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग