चालकलाई ओरालेर ट्रकमा आगजनी | Khabarhub Khabarhub

चालकलाई ओरालेर ट्रकमा आगजनी


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मकवानपुरको थाहा नगरपालिकामा एउटा ट्रकमा आगजनी भएको छ । काठमाडौंबाट हेटौडा जाँदै गरेको हेभी इक्वीपमेन्ट बोक्ने ना ५ ख ७४११ नम्बरको ट्रकमा आगजनी भएको हो ।

अज्ञात समूहले पालुङ र दामनको बीचमा रहेको जंगलमा ट्रक रोकेर आगजनी गरेका थिए । उनीहरुले ट्रकका चालकसहित ३ जनालाई ओरालेर आगजनी गरेको प्रहरीले जनाएको छ ।

मास्क लगाएर आएको समूहले पेट्रोल छर्केर आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट ट्रकको अगाडिको भागमा क्षति पुगेको छ।

घटनाको कसैले जिम्मेवारी लिएको छैन् । आज नेत्रविक्रम चन्द विप्लव समूहले नेपाल बन्द आह्वान गरेका कारण विप्लवकै कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ९ : २५ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक