रोजगारीका लागि जापान जानेलाई निरोगी स्वस्थ्य प्रमाणपत्र अनिवार्य « Khabarhub

रोजगारीका लागि जापान जानेलाई निरोगी स्वस्थ्य प्रमाणपत्र अनिवार्य


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगारीका लागि जापान जाने विदेशी नागरिकले निरोगिताको प्रमाणपत्र पेश गुर्नपर्ने भएको छ ।

जापान सरकारले आप्रवासी कामदारहरुका लागि निरोगिताको प्रमाणपत्र(मेडिकल सर्टिफिकेट) अनिवार्य पेश गर्नु पर्ने योजना ल्याएको छ । जापानको न्याय मन्त्रालयले विदेशी कामदारको हकमा यो नियम अनिवार्य गर्ने लागेको जनाएको छ ।

जापानमा विदेशी नागरिकबीच क्षयरोग (टीबी) तिव्र रुपमा फैलिँदै गएपछि आप्रवासी कामदारमा त्यसको जाँच आवश्यक बनाइएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

जापानमा काम गर्न जाने कामदारले उनीहरु काम गर्न सक्षम रहेको भन्ने सुनिश्चित गरिएको चिकित्सकको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने नयाँ नियम पनि लागू हुने मन्त्रालयले जनाएको छ ।

जापान सरकारले स्वदेशी तथा विदेशी कामदारको हकमा रक्तचाप, क्षयरोग लगायतका रोगलाई कम गदै लैजाने लक्ष्य लिएको छ ।

सर्टिफिकेटलाई कामदारले जापानी अध्यागमन विभागमा नै बुझाउनु पर्ने छ । जापान सरकारले त्यहाँको चरम कामदार अभाव कम गर्न आगामी महिनाबाट विदेशी कामदार लिने पनि बताएको छ । भने यसका लागि कामदार लिन देशसँग श्रम सम्झौताका लागि पहल गरिरहेको छ ।

जापानमा करिब ६० हजार नेपाली कामदारको रुपमा रहेको सरकारी अनुमान छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ११ : ४५ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका