जब सलमान खानले भने – टिसर्ट उतार, म तिम्लाई स्टार बनाइदिन्छु « Khabarhub

जब सलमान खानले भने – टिसर्ट उतार, म तिम्लाई स्टार बनाइदिन्छु


३० फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड सुपरस्टार सलमान खानलाई बलिउड सिने उद्योगमा ‘गडफादर’ पनि मान्ने गरिन्छ । उनले कैयन् कलाकारलाई यो क्षेत्रमा मौका दिएका छन् । तीमध्ये धेरैले बलिउडमा नाम र दाम कमाइरहेका छन् ।

हालै सलमानले आफ्ना भिनाजु आयुष शर्मा र जहीर इकबाललाई आफ्नो फिल्ममा लञ्च गरेका छन् ।

जहीरको फिल्म नोटबुक मार्चमा रिलिज हुँदैछ ।

यसैबीच जहीर पनि अहिले फिल्मको प्रचारका लागि मिडियामा देखिन थालेका छन् । उनले अन्तर्वार्ताका क्रममा सलमान खानसँगका केही कुराहरु शेयर गरेका छन् ।

जहीरले भने, ‘पछिल्लो ६ वर्षमा शायद यस्तो दिन आएन होला, जुन दिन म भाइको साथ नरहेको होस्, यो मेरो जिन्दगीको शानदार चीज हो । मैले हरेक समय सलमान खानको घरको सामुन्ने बिताउँथेँ ।’

उनका अनुसार एक दिन सलमानको घर जाँदा सलमानले जहीरलाई आफ्नो ‘ट्रेनर’सँग भेट गराए ।

त्यसपछि उनले कसरत गरेर ज्यान बनाउन पनि भने ।

जहीरले अगाडि थपे, ‘एक महिनापछि सलमानले भेटे र भने टिसर्ट उतार, बडी बनाऊ, म तिमीलाई स्टार बनाउँछु ।’

इकबालले आफ्नो करिअरको शुरुवात फिल्म ‘जय हो’ बाट गरेका थिए । फिल्ममा उनी सहायक निर्देशकको भूमिकामा थिए ।

पछि सलमान खानले आफ्नो होम प्रोडक्सनको फिल्म नोटबूकमा काम दिए । अहिले बलिउडमा उनको चर्चा हुन थालिसकेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहिबार  १ : १९ बजे

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ