जब सलमान खानले भने – टिसर्ट उतार, म तिम्लाई स्टार बनाइदिन्छु « Khabarhub

जब सलमान खानले भने – टिसर्ट उतार, म तिम्लाई स्टार बनाइदिन्छु


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड सुपरस्टार सलमान खानलाई बलिउड सिने उद्योगमा ‘गडफादर’ पनि मान्ने गरिन्छ । उनले कैयन् कलाकारलाई यो क्षेत्रमा मौका दिएका छन् । तीमध्ये धेरैले बलिउडमा नाम र दाम कमाइरहेका छन् ।

हालै सलमानले आफ्ना भिनाजु आयुष शर्मा र जहीर इकबाललाई आफ्नो फिल्ममा लञ्च गरेका छन् ।

जहीरको फिल्म नोटबुक मार्चमा रिलिज हुँदैछ ।

यसैबीच जहीर पनि अहिले फिल्मको प्रचारका लागि मिडियामा देखिन थालेका छन् । उनले अन्तर्वार्ताका क्रममा सलमान खानसँगका केही कुराहरु शेयर गरेका छन् ।

जहीरले भने, ‘पछिल्लो ६ वर्षमा शायद यस्तो दिन आएन होला, जुन दिन म भाइको साथ नरहेको होस्, यो मेरो जिन्दगीको शानदार चीज हो । मैले हरेक समय सलमान खानको घरको सामुन्ने बिताउँथेँ ।’

उनका अनुसार एक दिन सलमानको घर जाँदा सलमानले जहीरलाई आफ्नो ‘ट्रेनर’सँग भेट गराए ।

त्यसपछि उनले कसरत गरेर ज्यान बनाउन पनि भने ।

जहीरले अगाडि थपे, ‘एक महिनापछि सलमानले भेटे र भने टिसर्ट उतार, बडी बनाऊ, म तिमीलाई स्टार बनाउँछु ।’

इकबालले आफ्नो करिअरको शुरुवात फिल्म ‘जय हो’ बाट गरेका थिए । फिल्ममा उनी सहायक निर्देशकको भूमिकामा थिए ।

पछि सलमान खानले आफ्नो होम प्रोडक्सनको फिल्म नोटबूकमा काम दिए । अहिले बलिउडमा उनको चर्चा हुन थालिसकेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  १ : १९ बजे

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको