मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली भन्छन् : रोग लाग्नै नदिनुस् « Khabarhub

मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली भन्छन् : रोग लाग्नै नदिनुस्


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला रोग गम्भीर समस्याको रुपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

विश्व मिर्गौला दिवसको अवसरमा त्रिवि शिक्षण अस्पताल टिचिङमा आयोजित  कार्यक्रममा प्रधानमन्त्री ओलीले अनुपयुक्त खानपान र औषधिको अनुचित प्रयोग लगायतका अन्य विभिन्न कारणले मिर्गौला रोगी बढ्दै गएको बताएका हुन् ।

मिर्गौला प्रत्यरोपणसमेत गरेका प्रधानमन्त्री ओलीले मिर्गौला बचाउँन रोग लागेपछि उपचार भन्दा पनि रोग नै लाग्न नदिन सचेत हुनुपर्ने बताए ।

‘किड्नी फेल हुने, किड्नीले काम नगर्ने, किड्नीमामा समस्या हुने क्रम बढ्दै गइरहेको छ, उपचार भन्दा बिरामी नै नहुन सचेत हुन जरुरी छ,’ प्रधानमन्त्री ओलीले भने, ‘किड्नीको सम्बन्धमा नेपाल सरकारले ध्यान दिएको छ, किड्नीको डायलाइसिसलाई ३ वर्षअघि निशूल्क प्रारम्भ गरेको छ । त्यसलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउनेतर्फ पनि सोचिरहेका छौं ।’

प्रधानमन्त्री ओलीले किड्नी बचाउँन सकिने र त्यसका लागि सचेतना जरुरी रहेको बताए ।

प्रधानमन्त्री ओली आफै पनि मिर्गौला प्रत्यरोपण गरेका व्यक्ति हुन् । उनले २०६४ सालमा भारतको एपोलो अस्पतालमो मिर्गौला प्रत्यारोपण गरेका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  १ : १८ बजे

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको

खोकनामा सिकाली जात्रा, आफ्नै मौलिक परम्परामा रमाउँदै स्थानीय

काठमाडौं– नेपालीहरूको प्रमुख चाड दसैँ देशभर मनाइरहँदा काठमाडौंको खोकनामा भने