विडारीले संसदमा सोधे – आज मोटर किन चलेनन्, नानीहरु किन विद्यालय गएनन् ? « Khabarhub

विडारीले संसदमा सोधे – आज मोटर किन चलेनन्, नानीहरु किन विद्यालय गएनन् ?


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाका सांसद सांसद रामनारायण विडारी आज गाडी किन बन्द भयो, विद्यार्थीहरु किन विद्यालय गएनन् भनेर प्रश्न गरेका छन् ।

राष्ट्रिय सभाको बिहीवार बसेको बैठकमा बोल्दै सांसद विडारीले सवारी साधन, पसलहरु, विद्यालय नचलेको कारणबारे सरकार गम्भीर हुनुपर्ने बताए । ‘त्यो गाडी किन बन्द भयो ? आज मोटर किन चलेनन् ?’ विडारीले संसदमा सोधे,‘आज प्रायजसो पसल किन बन्द भयो ? विद्यालयका नानीहरु खेलेर बसे, किन विद्यालय गएनन् ?’

सरकारी गाडी चढेर हिँड्नेले नदेखेपनि सोझो हिँड्नेले सबै कुरा प्रस्ट देखेको सांसद विडारीले बताए ।

‘सारा कर्मचारी हस्याङफस्याङ गर्दै दौडेर आइरहेका रहेछन् । सरकारी गाडी चढेर हिँड्नेले त नदेख्न सक्छ’ सांसद विडारीले भने,‘ सोझै हिँड्नेले त भयंकर कुरा देख्यो नि ! संविधान जारी भएपछि पहिपटक देखियो ।’

‘यातायात मन्त्रीले कतै सर्कुलर पो गरेछन् कि ? आज गाडी नचलाउनु भनेर’ सांसद विडारीले भने‘मन्त्रीहरु निर्देशन जारी गर्न माहिर छन् किनकी निर्देशिका माग्यौ भने टेबुलभरी निर्देशिका पठाइदिन्छन् ।’

सरकारले यो कुरालाई राम्ररी मनन गर्नुपर्ने उनको भनाइ छ । सरकार बाहेक अरु कसैले पनि निर्देशन र सर्कुलर जारी गर्न नसक्ने भन्दै सांसद विडारीले बन्द गर्न कसले सर्कुलर जारी गरेको हो भन्दै प्रश्न गरे ।

‘आगो, शत्रु रोगलाई सानो नठान्नु यो बेलैमा समाधान गर्नु’ यो परमवाणी पहिला देखि चलिआएको भन्दै सांसद विडारीले समस्याको बेलैमा समाधान गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  २ : ११ बजे

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपाका महिला सांसदको नाममा आएको विज्ञप्ति ‘फेक’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले रास्वपाका महिला सांसदहरूको नाममा सार्वजनिक