मलाई मार्न खोज्ने विप्लवको माया लागेको छ– प्रचण्ड « Khabarhub

मलाई मार्न खोज्ने विप्लवको माया लागेको छ– प्रचण्ड


३० फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूलाई मार्नका लागि नेत्रबिक्रम चन्द (विप्लव) समूहले टिम परिचालन गरेको बताएका छन् ।

बिहीवार राजधानीको पेरिशडाँडास्थित नेकपा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले हिजो सँगै जनयुद्ध लडेका साथी (विप्लव)ले आफ्नो ज्यान मार्ने निर्णय गरी टिम परिचालन गरेको सूचना पाएको बताए ।

‘मलाई आज (बिहीबार) विहान सरकारका तर्फबाट जानकारी आयो, मलाई (प्रचण्ड)लाई नै एक नम्बरमा मार्नुपर्छ भनेर उहाँहरुले माइन्यूट (निर्णय) गर्नुभएको छ रे, र टिम पनि खटाउनु भएको छ रे,’ प्रचण्डले भने, ‘मलाई मारेर यो संघीय लोकतान्त्रिक गणतन्त्र, यो परिवर्तन बच्ने हो त ?’

सरकारले गरेको निर्णय (विप्लवमाथि प्रतिबन्ध लगाउने) विषयको प्रसंग उठाउँदै प्रचण्डले हिजो सँगै लडेका साथीहरुको माया र दया लागेको पनि बताए ।

अध्यक्ष प्रचण्डले अहिलेको परिस्थिति जनयुद्ध थाल्दा (२०५२) सालको जस्तो नभएको उल्लेख गर्दै निधार खुम्च्याएर सोच्न विप्लवलाई सुझाव दिए ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहिबार  ३ : १८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको