इथियोपियन विमानको ब्ल्याक बक्स पेरिस पुर्‍याइयो « Khabarhub

इथियोपियन विमानको ब्ल्याक बक्स पेरिस पुर्‍याइयो


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इथियोपिया– १ सय ५७ जनाको ज्यान जानेगरी गत आइतबार दुर्घटनामा परेको इथियोपियन एयरलाइन्सको ब्ल्याक बक्स विशेषज्ञ अनुसन्धानका लागि फ्रान्सको राजधानी पेरिस पुर्‍याइएको छ ।

इथियोपियाका अधिकारीलाई दुर्घटनाग्रस्त बोइङ ७३७ म्याक्स ८ विमानको ककपिट भ्वाइस रेकर्डर तथा फ्लाइट डाटा रेकर्डर फ्रान्सको नागरिक उड्ययन सुरक्षा विश्लेषण तथा जाँचबुझ ब्यूरोलाई बुझाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पेरिसमा हुने विशेषज्ञ अनुसन्धानपछि विमान दुर्घटनामा पर्नुको कारण स्पष्ट हुने बताइएको छ । बोइङ ७३७ म्याक्स दुर्घटनामा परेपछि विश्वभर त्यस विमानको हवाई सुरक्षामा गम्भीर प्रश्न उठेको भन्दै विश्वका प्रमुख हवाई सेवा प्रदायकहरुले बोइङ ७३७ म्याक्स ८ विमान उडाएका छैनन् ।

बुधबारमात्रै अमेरिकाको संघीय उड्ययन निकायले बोइङ ७३७ म्याक्स ८ नउडाउन निर्देशन दिएको थियो । बोइङ कम्पनीले भने विज्ञप्ति जारी गर्दै अमेरिकी उड्ययन निकायको कदमको स्वागत गरेको जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ३ : ५१ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको