छोरीको जन्मदिनमा धुर्मुस सुन्तलीको १ लाख सहयोग « Khabarhub

छोरीको जन्मदिनमा धुर्मुस सुन्तलीको १ लाख सहयोग


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार तथा अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले छोरीको जन्मदिन पारेर चितवनमा निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ लाई १ लाख सहयोगको घोषणा गरेका छन् ।

धुर्मुसले बिहीबार सामाजिक सञ्जाल फेसबूकममा एक स्टाटस पोस्ट गर्दै धुर्मुस सुन्तलीले छोरी सुबिहानी कट्टेलको जन्मदिन पारेर सहयोगको घोषणा गरेका छन् । धुर्मुस सुन्तलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा हुन् ।

‘हाम्री प्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमा हामी निर्माणाधीन रङ्गशालाका लागि सहयोग गर्न चाहन्छौं’ धुर्मुसले फेसबूकमा लेखेका छन् ‘हाम्रा हरेक विशेष अवसरलाई यसरी नै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्नेछ ।’

रङ्गशालाको बिशेष कामले चितवन पुगेका धुर्मुस सुन्तली बुधबार बेलुकी काठमाडौं फर्किएका थिए । यतिबेला रंगशाला निर्माणको फिल्डको काम थालनी भइरहेको छ । केही दिनअघि मात्र धुर्मुस सुन्तली फाउन्डेसनले सामाजिक सञ्जाल फेसबूकमा लाइभ गरेर रंगशाला निर्माणको बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ४ : ३९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण