छोरीको जन्मदिनमा धुर्मुस सुन्तलीको १ लाख सहयोग | Khabarhub Khabarhub

छोरीको जन्मदिनमा धुर्मुस सुन्तलीको १ लाख सहयोग


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार तथा अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले छोरीको जन्मदिन पारेर चितवनमा निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ लाई १ लाख सहयोगको घोषणा गरेका छन् ।

धुर्मुसले बिहीबार सामाजिक सञ्जाल फेसबूकममा एक स्टाटस पोस्ट गर्दै धुर्मुस सुन्तलीले छोरी सुबिहानी कट्टेलको जन्मदिन पारेर सहयोगको घोषणा गरेका छन् । धुर्मुस सुन्तलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा हुन् ।

‘हाम्री प्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमा हामी निर्माणाधीन रङ्गशालाका लागि सहयोग गर्न चाहन्छौं’ धुर्मुसले फेसबूकमा लेखेका छन् ‘हाम्रा हरेक विशेष अवसरलाई यसरी नै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्नेछ ।’

रङ्गशालाको बिशेष कामले चितवन पुगेका धुर्मुस सुन्तली बुधबार बेलुकी काठमाडौं फर्किएका थिए । यतिबेला रंगशाला निर्माणको फिल्डको काम थालनी भइरहेको छ । केही दिनअघि मात्र धुर्मुस सुन्तली फाउन्डेसनले सामाजिक सञ्जाल फेसबूकमा लाइभ गरेर रंगशाला निर्माणको बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ४ : ३९ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड