नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीको सम्बोधन– देशलाई विकासको गतिमा दौडाउनुछ, सक्रिय हुनुहोस् | Khabarhub Khabarhub

नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीको सम्बोधन– देशलाई विकासको गतिमा दौडाउनुछ, सक्रिय हुनुहोस्


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक विकासका लागि तिव्र गतिको दौड आवश्यक रहेको बताएका छन् ।

नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको विकासका लागि सबैको सक्रियता आवश्यक रहेको बताएका हुन् ।  ‘जे गर्नुछ यो एक दशकका पूरा गर्नुपर्छ’ ओलीले भने,‘त्यसका लागि तिब्र गतिमा दौडन आवश्यक छ ।’

विकासमा हिसावमा नेपाल अरु देशभन्दा पछि परेको भन्दै प्रधानमन्त्री ओलीले उनीहरुलाई भेट्न र उछिन्नका लागि विकासको गति दौडाउनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले समयको हेक्का राख्न सबैमा आग्रह गरेका छन् । देश विकासका लागि अनगिन्ती कामहरु रहेको भन्दै ओलीले सक्रिय हुन सबैमा आग्रह गरेका छन् ।

गत वर्ष कानून, शुसासन लगायतको आधार वर्षको रुपमा रहेको भन्दै ओलीले त्यही आधारमा टेकेर नयाँ वर्षमा विकास र समृद्धिको बाटोमा बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

राज्यमा रहेको चरम वेथितिलाई प्रणालिगत स्थायीत्वमा विकसित गर्ने तहमा आइपुगेका ओलीको भनाइ थियो ।

संघीयता नेपालका लागि नयाँ अभ्यास भएका कारण केही अलमल भएको भन्दै ओलीले अहिले तीनै तहको सरकारले एक वर्षको अवधिमा सिक्दै र कमी कमजोरीलाई चिर्दै अघि बढेको ओलीको भनाइ थियो ।

गत वर्ष नीतिगत र कानूनी जग बसाल्ने काम गरेको भन्दै ओालीले अब त्यही जगमा टेकेर तिव्र गतिमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

आफ्नामात्र श्रोत साधनले विकास गर्न ढिला हुने भएकाले मित्रहरुको सहयोग खोजेको र त्यसैका लागि केही समय अघि लागनी सम्मेलनको आयोजना गरेको ओलीको भनाइ थियो ।
सरकाका कामबाट निराश हनुपर्ने अवस्था नभएको भन्दै ओलीले सरकारले के गर्‍यो र भन्ने प्रश्नलाई फेर्नुपर्ने बताए ।

सरकारको कामले जनताको जीवनस्तरमा ल्याएको परिवर्तन जनताले स्वतः महसुस गर्ने ओलीको दाबी थियो ।

काम खोज्नेहरुलाई तथ्यका आधारमा उत्तर दिन सरकार तयार रहेको ओलीको भनाइ थियो । सरकारले सुसानका लागि चालेको कदमले नतिजा आइरहेको र मुलुक बनाउनका लागि थप संकल्प आवश्यक रहेको ओलीको भनाइ थियो ।

गत वर्ष शान्तिका क्षेत्रमा सरकारले धेरै काम गरेको ओलीको भनाइ थियो । राष्ट्र विखण्डनका पक्षमा रहेकाहरुलाई मूलधारको राजनीतिमा ल्याएको भन्दै ओलीले संविधान विरोधी कामलाई कडाइकासाथ नियन्त्रण गरिने बताए । राजनीतिक आडमा हिंसाको बाटोमा नहिँड्न उनले सबैमा आग्रह गरे ।

नयाँ वर्षले सुखमय जीवन दिन सफल होस् भन्दै प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७६ को अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ७ : ५७ बजे

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको

इलाम २ मा मुढाले उछिन्यो कांग्रेसलाई

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत जारी मतगणना

माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरपालिका

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि