नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीको सम्बोधन– देशलाई विकासको गतिमा दौडाउनुछ, सक्रिय हुनुहोस् « Khabarhub

नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीको सम्बोधन– देशलाई विकासको गतिमा दौडाउनुछ, सक्रिय हुनुहोस्


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक विकासका लागि तिव्र गतिको दौड आवश्यक रहेको बताएका छन् ।

नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको विकासका लागि सबैको सक्रियता आवश्यक रहेको बताएका हुन् ।  ‘जे गर्नुछ यो एक दशकका पूरा गर्नुपर्छ’ ओलीले भने,‘त्यसका लागि तिब्र गतिमा दौडन आवश्यक छ ।’

विकासमा हिसावमा नेपाल अरु देशभन्दा पछि परेको भन्दै प्रधानमन्त्री ओलीले उनीहरुलाई भेट्न र उछिन्नका लागि विकासको गति दौडाउनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले समयको हेक्का राख्न सबैमा आग्रह गरेका छन् । देश विकासका लागि अनगिन्ती कामहरु रहेको भन्दै ओलीले सक्रिय हुन सबैमा आग्रह गरेका छन् ।

गत वर्ष कानून, शुसासन लगायतको आधार वर्षको रुपमा रहेको भन्दै ओलीले त्यही आधारमा टेकेर नयाँ वर्षमा विकास र समृद्धिको बाटोमा बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

राज्यमा रहेको चरम वेथितिलाई प्रणालिगत स्थायीत्वमा विकसित गर्ने तहमा आइपुगेका ओलीको भनाइ थियो ।

संघीयता नेपालका लागि नयाँ अभ्यास भएका कारण केही अलमल भएको भन्दै ओलीले अहिले तीनै तहको सरकारले एक वर्षको अवधिमा सिक्दै र कमी कमजोरीलाई चिर्दै अघि बढेको ओलीको भनाइ थियो ।

गत वर्ष नीतिगत र कानूनी जग बसाल्ने काम गरेको भन्दै ओालीले अब त्यही जगमा टेकेर तिव्र गतिमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

आफ्नामात्र श्रोत साधनले विकास गर्न ढिला हुने भएकाले मित्रहरुको सहयोग खोजेको र त्यसैका लागि केही समय अघि लागनी सम्मेलनको आयोजना गरेको ओलीको भनाइ थियो ।
सरकाका कामबाट निराश हनुपर्ने अवस्था नभएको भन्दै ओलीले सरकारले के गर्‍यो र भन्ने प्रश्नलाई फेर्नुपर्ने बताए ।

सरकारको कामले जनताको जीवनस्तरमा ल्याएको परिवर्तन जनताले स्वतः महसुस गर्ने ओलीको दाबी थियो ।

काम खोज्नेहरुलाई तथ्यका आधारमा उत्तर दिन सरकार तयार रहेको ओलीको भनाइ थियो । सरकारले सुसानका लागि चालेको कदमले नतिजा आइरहेको र मुलुक बनाउनका लागि थप संकल्प आवश्यक रहेको ओलीको भनाइ थियो ।

गत वर्ष शान्तिका क्षेत्रमा सरकारले धेरै काम गरेको ओलीको भनाइ थियो । राष्ट्र विखण्डनका पक्षमा रहेकाहरुलाई मूलधारको राजनीतिमा ल्याएको भन्दै ओलीले संविधान विरोधी कामलाई कडाइकासाथ नियन्त्रण गरिने बताए । राजनीतिक आडमा हिंसाको बाटोमा नहिँड्न उनले सबैमा आग्रह गरे ।

नयाँ वर्षले सुखमय जीवन दिन सफल होस् भन्दै प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७६ को अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ७ : ५७ बजे

अमेरिका–इरान शान्ति पहलबीच इजरायलको अडान, कब्जामा रहेका क्षेत्र नछोड्ने घोषणा

इजरायल– इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबनान, सिरिया र गाजा पट्टीमा

मलमासको अन्तिम सोमबारे औँसी : देवघाटधाममा स्नान तथा पूजा गर्न श्रद्धालुको घुइँचो

चितवन– नवलपुर र तनहुँ जिल्लाको संगमस्थल तथा प्रसिद्ध धार्मिक तीर्थस्थल

विपद्को अवस्थामा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपद्मा नागरिकको सुरक्षा

युद्ध रोक्ने सम्झौतालगत्तै इरानी फुटबल टोली अमेरिका पुग्यो

तेहरान- इरानको राष्ट्रिय फुटबल टोली विश्वकप खेल्न अमेरिका पुगेको छ।

ललितपुर महानगरमा जथाभावी पार्किङ, फोहोर फ्याँक्ने र बिरुवा भाँच्नेलाई कारबाही गर्दा तत्कालै जरिवाना बुझाउन मिल्ने ‘ई-चलान’ सुरू

काठमाडौं– ललितपुर महानगरपालिकाले डिजिटल माध्यमबाट तत्कालै जरिवाना बुझाउन सक्ने गरी