सर्लाहीमा बस दुर्घटना, ३ जनाको मृत्यु « Khabarhub

सर्लाहीमा बस दुर्घटना, ३ जनाको मृत्यु


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सर्लाही– पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ मा यात्रु बोकेको बस पल्टिँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३१ जना घाइते भएका जनाइएको छ ।

लालबन्दी–१ बागवानीको जंगलमा आइतबार बिहान बा३ख १३१८ नम्बरको बस पल्टिएको हो ।

बसमा सिन्धपाल्चोकस्थित जोशी हाइड्रोपावरमा काम गर्ने मजदूर सवार रहेको जनाइएको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेमा मोरङका श्रीमान्त चौधरी, सुनसरीका अनिल उराउ र बबी उराउ रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रतित सिंह राठोरले जानकारी दिए ।

डिएसपी राठोरका अनुसार घाइते ३१ जनामध्ये ४ जनाको अवस्था गम्भीर छ । घाइते भएकामध्ये २७ जनाको लालबन्दी स्थित स्थानीय अस्पतालमा र ४ जनाको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  १० : ३७ बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम