सालीले भिनाजुलाई सिस्नोपानी लगाइदिने अनौठो पर्व आज « Khabarhub

सालीले भिनाजुलाई सिस्नोपानी लगाइदिने अनौठो पर्व आज


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– नयाँ वर्षको पहिलो दिन सुदुरपश्चिममा बिसु पर्व मनाइँदै छ । बिसु पर्व विशेषगरी सुदुरपश्चिमका सात वटा पहाडी जिल्लामा मनाइन्छ । अछाम, डोटी, डडेल्धुरा, बझाग, बाजुरा र बैतडीमा यो पर्व वैशाख १ गते मनाउने प्रचलन छ ।

देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एक आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाउने गरिएको छ । देवर नहुने र नन्द नहुने, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैले भए पनि शरीरमा सिस्नो लगाउनु पर्ने परम्परा छ ।

हरेक वर्ष बिसु पर्वमा मिठामिठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ ।

बैशाख सुरु भएसँगै रोग ब्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको रक्षाका लागि सिस्नो लगाउँदै घर परिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन रहेको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  १० : ५० बजे

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा

व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट विवरण लिएर