हलमा ‘ए मेरो हजुर ३’ आक्रामक, अनमोल र सुहानाको क्रेज देखियो « Khabarhub

हलमा ‘ए मेरो हजुर ३’ आक्रामक, अनमोल र सुहानाको क्रेज देखियो


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ वर्ष पारेर रिलिज गरिएको अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’ हेर्न हलमा दर्शक उर्लेका छन् । समीक्षात्मक रुपमा औसत प्रतिक्रिया पाएको यो फिल्मको शुक्रवार र शनिवार पनि दिनभर हलमा दर्शकको क्रेज देखियो ।

शनिवार निर्माण टिम राजधानीका विभिन्न हल पुगेर दर्शकसँग साक्षात्कार गरेका थियो । हलमा अनमोल र सुहानाको उस्तै क्रेज देखिएको थियो । शनिवार पनि राजधानी र मोफसलका केही हलमा सिनेमा हेर्न दर्शकले रुचि देखाएका छन् ।

आज नयाँ वर्षको दिन पनि हलमा बिहानैदेखि दर्शकको चाप देखिएको निर्माण टिमले बताएको छ । राजधानी र मोफसलमा पनि फिल्मले राम्रो व्यापार गरेको बताइएको छ । क्युएफएक्सले फिल्मको शो सङ्ख्या थपेको छ ।

तस्वीर – विवेक बस्याल

झरना थापाले निर्देशन गरेको यो फिल्ममा एक स्टार र फ्यानको प्रेमलाई उठाइएको छ । फिल्ममा अनमोलले सुपरस्टार प्रेमको भूमिकामा अभिनय गरेका छन् भने सुहाना थापाले आर्याको भूमिका निभाएकी छिन् ।

झरनाकै निर्देशन रहेको पहिलो फिल्म ‘ए मेरो हजुर २’ पनि व्यावसायिक रुपमा सफल भएको थियो ।

‘ए मेरो हजुर ३’ मा सुनीलकुमार थापाको निर्माण छ भने अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  १२ : ५७ बजे

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर