लुक्ला विमान दुर्घटना: शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल ल्याइयो « Khabarhub

लुक्ला विमान दुर्घटना: शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल ल्याइयो


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– लुक्लामा भएको समिट एयरको विमान दुर्घटनामा परी मृत्यु भएका २ जनाको शव पोस्टमार्टमको लागि महाराजगञ्जको त्रिवि शिक्षण (टिचिङ) अस्पताल ल्याइएको छ ।

विमान दुर्घटनामा परी मृत्यु भएका पाइलट सुनील सुनील ढुङ्गाना र नेपाल प्रहरीका असई राम बहादुर खड्काको शब पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागमा ल्याइएको हो । पोस्टमार्टमका लागि शब अस्पतालमा ल्याइए पनि प्रहरीको अनुसन्धान जारी रहेकाले पोस्टमार्टमको काम भने शुरु नभएको विभागका एक चिकित्सकले खबरहबलाई बताए ।

उनले भने, ‘दुईजनाको शब यहाँ ल्याइएको छ , तर पोस्टमार्टमको काम शुरु भइसकेको छैन, घटनाको विषयमा प्रहरीले अनुसन्धान गरीरहेकाले पोस्टमार्टमको काम शुरु गरेका छैनौं ।’

पोस्टमार्टमका लागि ल्याइएको दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनमा परी घाइते भएका प्रहरीका असई रुद्र बहादुर श्रेष्ठको पनि मृत्यु भएको छ । योसँगै लुक्लामा विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

लुक्लाबाट रामेछापका लागि बिहान ९ बजेर २० मिनेटमा उड्न लागेको समिट एयरको नाइन एनएएमएच विमान धावनमार्गमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  १ : २८ बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब