लुक्ला विमान दुर्घटना: शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल ल्याइयो « Khabarhub

लुक्ला विमान दुर्घटना: शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल ल्याइयो


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– लुक्लामा भएको समिट एयरको विमान दुर्घटनामा परी मृत्यु भएका २ जनाको शव पोस्टमार्टमको लागि महाराजगञ्जको त्रिवि शिक्षण (टिचिङ) अस्पताल ल्याइएको छ ।

विमान दुर्घटनामा परी मृत्यु भएका पाइलट सुनील सुनील ढुङ्गाना र नेपाल प्रहरीका असई राम बहादुर खड्काको शब पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागमा ल्याइएको हो । पोस्टमार्टमका लागि शब अस्पतालमा ल्याइए पनि प्रहरीको अनुसन्धान जारी रहेकाले पोस्टमार्टमको काम भने शुरु नभएको विभागका एक चिकित्सकले खबरहबलाई बताए ।

उनले भने, ‘दुईजनाको शब यहाँ ल्याइएको छ , तर पोस्टमार्टमको काम शुरु भइसकेको छैन, घटनाको विषयमा प्रहरीले अनुसन्धान गरीरहेकाले पोस्टमार्टमको काम शुरु गरेका छैनौं ।’

पोस्टमार्टमका लागि ल्याइएको दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनमा परी घाइते भएका प्रहरीका असई रुद्र बहादुर श्रेष्ठको पनि मृत्यु भएको छ । योसँगै लुक्लामा विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

लुक्लाबाट रामेछापका लागि बिहान ९ बजेर २० मिनेटमा उड्न लागेको समिट एयरको नाइन एनएएमएच विमान धावनमार्गमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  १ : २८ बजे

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र

दुई फर्मलाई जरिवाना, १७ लाई निर्देशन

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगनका क्रममा

अमेरिकी डलरको भाउ उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज : ४७ सांसदले रोजे मातृभाषा

काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज