युभेन्ट्सलाई उपाधिका लागि १ जीत आवश्यक « Khabarhub

युभेन्ट्सलाई उपाधिका लागि १ जीत आवश्यक


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


इटालियन सिरी ‘ए’ को शीर्ष स्थानको युभेन्ट्स एसपीएलसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स एसपीएलसंग २—१ गोल अन्तरले पराजित भएको हो ।

एसपीएलको घरेलु मैदानमा पाहुना टोली युभेन्ट्सले शुरुवाती आफ्नो अग्रता कायम गर्न नसक्दा पराजय भोग्नुप¥यो । युभेन्ट्सका लागि ३० औं मिनेटमा मोइस किनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर, ४९ औं मिनेटमा केभिन बोनिफाजीले र ७४ औं मिनेटमा सेर्गियो फ्लोकारीले गोल गर्दै एसपीएललाई २—१ को अग्रता दिलाएका थिए । विश्व चर्चीत खेलाडी क्रिष्टियानो रोनाल्डो मैदान नउत्रिएको खेलमा युभेन्ट्सले आफ्नो अपराजित यात्रा कायम गर्न सकेन् ।

सिरी ए मा पहिलो हार व्यहोरेको युभेन्ट्स लिगको विजेता बन्न अर्को खेल कुर्नु पर्ने भएको छ । दोस्रो स्थानको नेपोलीभन्दा २० अंकले अघि रहेको युभेन्ट्सले एसपीएललाई पराजित गर्न सकेको अवस्थामा केही खेल अगावै उपाधि हात पारिसकेको हुन्थ्यो ।

शीर्ष स्थानको युभेन्ट्सले ३२ खेलबाट ८४ अंक जोडेको छ । दोस्रो स्थानको नापोलीभन्दा २० अंकले अघि छ । उपाधि जित्न युभेन्ट्सलाई मात्र १ अंकको आवश्यकता रहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ३ : ०२ बजे

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा