आईपीएल : हैदरावाद र दिल्ली भिड्दै, सन्दीप टिममा पर्लान् ? « Khabarhub

आईपीएल : हैदरावाद र दिल्ली भिड्दै, सन्दीप टिममा पर्लान् ?


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले आज (आइतबार) सनराइजर्स हैदरावदसँग प्रतिस्पर्धा गर्दैछ । हैदरावादको घरेलु मैदानमा हुने खेलमा दुवै टोली जीतको खोजिमा हुनेछन् ।

सात खेल खेलेको दिल्ली ८ अंकसहित अंक तालिकामा चौथो स्थानमा रहेको छ भने हैदरावाद छैठौं स्थानमा छ । युवा खेलाडीको र्वचश्व रहेको दिल्लीका लागि कहिले रिसभ पन्त, कप्तान श्रयस अयर र पृथ्वी शाले मुख्य भूमिका खेल्दै आएका छन् ।

यी युवा खेलाडीका अलावा बलिङतर्फ कागिसो राबाडाले पनि टिमका लागि महत्वपूर्ण योगदान दिइरहेका छन् । यस्तै हैदरावादका लागि अस्टेलियाका ब्याट्सम्यान डेभिड वार्नर, जोन व्रिस्टो र केन विलियमसनले ब्याटिङमा साथ दिएका छन् ।

वार्नरले आईपीएलको यो सिजनमा ३ अर्धशतक र १ शतक प्रहार गर्दै सर्वाधिक ३ सय४९ रन बनाएका छन् । यस्तै, हैदरावादको घरेलु मैदानमा पाहुना टोलीमाथि वार्नर धातक हुनसक्ने देखिन्छ ।

दिल्लीका महत्वपूर्ण स्पिनरका रुपमा रहेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने आजको खेलमा मैदान उत्रिने अवसर पाउलान् भन्ने पनि यतिबेला महत्वपूर्ण प्रश्न बनेको छ । आईपीएलमा ४ खेल खेलेका सन्दीप हैदरावादविरुद्ध मैदान उत्रिनेमा अधिकाशंले आशंका गरेका छन् ।

यसअघि दिल्लीको कलकत्ताविरुको खेलमा महँगा सावित भएका थिए । जसमा उनले ४६ रन खर्चेर १ विकेट लिएका थिए । उनले यो सिजनमा दिल्लीले खेलेका ७ मध्ये ४ खेल खेल्ने अवसर पाएका छन् भने ५ विकेट पनि लिएका छन् । दिल्लीका अर्का बलर कागिसो राबाडा भने आईपीएलको यो सिजनमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले ७ खेलमा १३ विकेट लिएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ४ : ०२ बजे

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका