६ महीनादेखि बन्द रहेको अस्पताल सञ्चालनमा | Khabarhub Khabarhub

६ महीनादेखि बन्द रहेको अस्पताल सञ्चालनमा


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– जनशक्ति अभावले ६ महिनादेखि बन्द रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित ढोर फूलबारी शहीद अस्पताल सञ्चालनमा आएको छ । गत असोजदेखि बन्द अस्पतालमा शुक्लागण्डकी नगरपालिकाले मेडिकल अधिकृतसहित ३ जना कर्मचारी नियुक्त गरेपछि आइतबारदेखि अस्पताल सञ्चालनमा आएको हो ।

समुदायबाट सञ्चालित फूलबारी सामुदायिक अस्पताल गत भदौ ३१ गते ढोरफिर्दी स्वास्थ्य चौकीमा समायोजन भएसँगै अस्पताल बन्द भएको थियो । अस्पतालको सेवा शुभारम्भ गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले नगरवासीलाई गुणस्तरीय सेवा प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले बन्द अस्पतालमा सरकारको तर्फबाट दरवन्दी सिर्जना नभएपछि आन्तरिक स्रोतबाट नै तलब खुवाउने गरी अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले नगरको आन्तरिक स्रोतबाट एक मेडिकल अधिकृत, एक स्टाफ नर्स र एक ल्याव असिस्टेन्ट नियुक्त गरिएको बताए । उनका अनुसार अस्पतालमा १५ शैय्यामा सञ्चालनमा छ ।

शुक्लागण्डकी नगरपालिका वडा नं ११ का वडाध्यक्ष दलबहादुर थापाले लामो समयदेखि अस्पताल बन्द हुँदा सर्वसाधारणलाई समस्या भएकोले नगरपालिकाको तर्फबाट दरवन्दी सिर्जना गरी अस्पतालमा सञ्चालनमा ल्याइएको बताए । उनले भने, “अझै पनि दरबन्दी अभाव नै छ तर केही कर्मचारी नियुक्त गरेर भएपनि सेवा शुभारम्भ गरेका हौं ।”

६ महिनादेखि अस्पताल बन्द हुँदा यस क्षेत्रका स्थानीय स्वास्थ्य उपचारबाट वञ्चित भएका थिए । सोही वडाका स्थानीयवासी भीमबहादुर थापाले अस्पताल सञ्चालन भएसँगै उपचारका लागि अन्यत्र धाउनु नपर्ने भएकोले सहज हुने बताए । अस्पतालबाट तनहुँको शुक्लागण्डकी नगरपालिका र स्याङजाको बिरुवा, हरिनास गाउँपालिका र पुतलीबजार नगरपालिकावासीले सेवा लिँदै आएका छन् ।

जर्मनी स्वंयमसेवी संस्था इभी कासेलको सहयोगमा सञ्चालित सामुदायिक अस्पताल सरकारलाई हस्तान्तरण गरिएको थियो । विसं २०५५ फागुनमा कासेलकोे सहयोगमा छब्दी र भक्कलमा फूलबारी सेवा केन्द्रका रुपमा सञ्चालित अस्पताल एक दशकयता साँखेबाट सञ्चालित थियो ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ५ : २७ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय