सेनाले शुरु गर्‍यो ‘एक बिरुवा एक सिपाही’ अभियान « Khabarhub

सेनाले शुरु गर्‍यो ‘एक बिरुवा एक सिपाही’ अभियान


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– नेपाली सेनाको रुद्रध्वज गणले ‘एक बिरुवा एक सिपाही’ अभियान सञ्चालन गरेको छ । नयाँ वर्षको पहिलो दिन सदरमुकाम सिलगढीस्थित पैयाभन्ज्याङ डाँडाबाट उक्त गणले आफ्नो गणका सैनिक, जिल्लास्थित प्रमुख व्यक्ति तथा स्थानीयवासीलाई सहभागी गराएर सो अभियानअन्तर्गत वृक्षरोपण गरेको हो ।

पर्यावरण संरक्षण गर्न नेपाली सेनाले लागू गरेको ‘गो ग्रीन कार्यक्रम’ उक्त वृक्षरोपण कार्यक्रम गरिएको रुद्रध्वज गणका गणपति एवं प्रमुख सेनानी रत्नकेशर खड्काले बताए । उनले भने, “सेनाको ‘गो ग्रीन कार्यक्रम’अन्तर्गत हामीले जिल्लामा बिरुवा जोगाउनुपर्छ भन्ने मान्यताका साथ अभियान शुरु गरेका हौँ ।”

उक्त अभियानअन्तर्गत जिल्लाको ईन्द्रचोक, बारुदखाना र पैयाभञ्ज्याङ क्षेत्र भित्रका विभिन्न ठाउँमा सल्ला, धुपिसल्ला, लहरे पिपल, चिउरी, कपुर र बास गरी कम्तीमा पनि ३०० बिरुवा वृक्षरोपण गरिएको रुद्रध्वज गणका सहसेनानी नरेन्द्र बिसीले जानकारी दिए ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ७ : ०१ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको