आन्तरिक कारणले कांग्रेस धरासायी « Khabarhub

आन्तरिक कारणले कांग्रेस धरासायी


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाली कांग्रेस आफैभित्र तिक्तता रहेका कारण पार्टी धरासायी भएको बताएका छन् ।

काभ्रेपलाञ्चोकको बनेपामा आयोजित नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा महामन्त्री कोइरालाले कांग्रेसको नीति उत्तम र कार्यकर्ता समक्ष रहेपनि आन्तरिक तिक्तताका कारण पार्टी धरासायी भएको बताए । उनले पार्टी एकजुट भए काङग्रेसलाई कसैले हराउन नसक्ने टिप्पणी गरे ।

बिपी कोइरालाले एकताको सन्देश दिए पनि त्यसलाई जोगाउन नसकेको उल्लेख गर्दै कोइरालाले नयाँ वर्षमा एकजुटकाे कामना गरे । उनले प्रधानमन्त्रीले सम्पूर्ण अधिकार हातमा लिन खोजिरहेको आरोप समेत लगाए ।

सञ्चारमाध्यममा हस्तक्षेप, न्यायालयमा कब्जा र सेनालाई अधिनमा राख्न खोजिरहेको अवस्था रहेको भन्दै त्यस्तो अवस्थाले समृद्ध राष्ट्र निर्माण हुन नसक्ने महामन्त्री कोइरालाको भनाइ थियो । हरेक ठाउँमा हस्तक्षेप गरिरहेको अवस्थामा कांग्रेस भने आफ्नै कारणले अजिङ्गरले खाइरहेको अवस्थामा भ्यागुतो भएर जिब्रो निकालेर फट्याङ्ग्रा मार्न खोजिरहेको जस्तो अवस्थामा भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  १० : १४ बजे

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

एजेन्सी– दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत

भायानेटले ल्यायो अत्याधुनिक ‘वाइफाइ ६’ सेवा, घरभर तीव्र गतिको इन्टरनेट

काठमाडौं– भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर

बगरफाँट-कोप्रे-दूधेखोला खण्ड : १८ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को

डोल्पामा जडीबुटीसहित चारजना पक्राउ

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार

रास्वपाको दुई तिहाइमा बालेनको अग्नि परीक्षा

नाम र काम मिल्नुपर्ने पूर्वीय वैदिक परम्परा हो हाम्रो। देशले