भ्रष्टाचारको अभियोगमा चिनियाँ पूर्व उप अर्थमन्त्रीलाई १५ वर्ष जेल सजाय « Khabarhub

भ्रष्टाचारको अभियोगमा चिनियाँ पूर्व उप अर्थमन्त्रीलाई १५ वर्ष जेल सजाय


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– भ्रष्टाचारको अभियोगमा दोषी पाइएपछि चीनका पूर्व उप अर्थमन्त्रीलाई १५ वर्षको जेल सजाय सुनाइएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष पदमा रहिसकेका पूर्व उप अर्थमन्त्री झाङ शाओचुङले करोडौं युआन अनियमितता तथा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गर्दै राजधानी बेइजिङमा रहेको दोश्रो इन्टरमिडिएट जन अदालतले १५ वर्षको जेल सजाय सुनाएको हो ।

सन् १९९५ देखि सन् २०१८ सम्म विभिन्न पदमा रहँदा उनले आफ्नो अधिकारको दुरुपयोग गरी व्यक्तिगत पदोन्नती, विद्यालयमा भर्ना गराएको तथा व्यापारिक फाइदा दिलाएको अभियोगमा समेत दोषी पाइएको छ । त्यसको बदलामा उनले उपहारका नाममा झण्डै ६ करोड ७० लाख युआन लिएको अदालतको ठहर छ ।

त्यस्तै उनलाई अरु ६० लाख युआन जरिवाना समेत तिराइएको छ । त्यसबाहेक उनले अवैध तरिकाले कमाएको भनिएको सबै सम्पत्ति राज्यकोषमा दाखिला गर्न समेत अदालतले आदेश दिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ७ : ०८ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट