३३ वर्षमा पनि पत्ता लाग्न सकेन गुठीको सम्पत्ति « Khabarhub

३३ वर्षमा पनि पत्ता लाग्न सकेन गुठीको सम्पत्ति


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गुठी संस्थान स्थापनाको ३३ वर्षको अवधिमा समेत देशभर रहेका गुठीहरूको संख्या, अवस्था र गुठीका सम्पत्तिको वास्तविक जानकारी थाहा हुन सकेको छैन । गुठी संस्थान ऐन, २०२१ मा राजगुठी तथा निजी गुठीको विवरण राख्नुपर्ने व्यवस्था छ । संस्थानसँग राजगुठीको तथ्यांक रहेको भए तापनि निजी गुठीहरूको अभिलेख संकलन तथा अभिलेखीकरण हुन नसकेको राजधानी दैनिकमा खबर छ ।

संस्थानका उपप्रशासक सरोज थपलियाका अनुसार संस्थानसँग यसबारे स्पष्ट अभिलेख छैन । ऐनको दफा २१ ले स्पष्ट रूपमा निजी गुठीहरूको अभिलेख राख्ने जिम्मेवारी संस्थानलाई दिएको छ । सरकारले ‘निजी गुठीलाई राजगुठीमा परिणत गर्नेसम्बन्धी कार्यविधि, २०७४’ कार्यान्वयनमा ल्याई निजी गुठी सञ्चालन र व्यवस्थापनको जिम्मेवारीसमेत संस्थानलाई दिएको छ ।

२०३३ सालमा स्थापना कालदेखि नै सोको जिम्मेवारी संस्थानले पाएको भए तापनि उद्देश्यअनुरूप काम गर्न नसक्दा यसबीचमा निजी गुठीहरूको अवस्थाबारे प्रश्न उठ्ने गरेको छ । निजी गुठी अतिक्रमणमा पर्ने गरेको, विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेका तथा जग्गाको दुरुपयोग बढेको गुनासो सर्वत्र आइरहेको छ ।

जनताको समस्याको अवमूल्यन गर्दै सांसद शीर्षकको समाचारमा संघीय संसद्को दुवै सदनमा सरकारले आगामी वर्षका लागि ल्याउने तयारी गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले जनताको समस्याको अवमूल्यन गरिरहेका छन् । सत्ता पक्ष र प्रतिपक्ष दुवैले तेस्रो अधिवेशन सकिएलगत्तै जनताको समस्या बुझ्न पठाए पनि सांसदहरूले प्रि–बजेट छलफलमा जनताको समस्या र मागको विषय नै राखेका छैनन् ।

संसद्को प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको मान्यता पाएका चार राजनीतिक दलका सांसदहरूले संसद्मा प्रि–बजेट छलफलमा भाग लिँदा जनताको समस्या उठान गरेका छैनन् । तेस्रो अधिवेशन सकिएलगत्तै सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सांसदहरूले जनताको समस्या बुझ्न र आगामी वर्षको बजेटमा योजना संकलन गर्न निर्देशन गरेको थियो ।

यस्तै, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई जनताको माग र योजना संकलन गर्न निर्देशन दिएको थियो । गत ११ चैतदेखि नै जनताको समस्या बुझ्न खटाए पनि सांसदहरूले त्यस्तो कुनै समस्या र योजना संकलन गर्न नसकेको स्पष्ट भएको छ ।

३० लाख नागरिकमा आँखाको समस्या, ३ सय २५ नेत्ररोग विशेषज्ञ शीर्षकको समाचारमा अहिले मौसम परिवर्तनको समय । कहिले घाम, कहिले पानी । यो घाम पानीको मौसमका कारण सडक धुवाँधुलोमय बन्दै गइरहेको छ । सडक धुवाँधुलोमय भएकै कारण सर्वसाधारणका आँखामा समेत गम्भीर समस्या देखिँदै आएको छ । नेत्ररोग विशेषज्ञहरू भन्छन्, ‘मुख्यतः यो समयमा आँखा जोगाउन सकिएन भने आँखामा दीर्घकालीन समस्या निम्तिन सक्छ ।’

हाल नेपालमा ३० लाख नागरिक आँखासम्बन्धी कुनै न कुनै समस्याबाट ग्रसित छन् । विश्व स्वास्थ्य संगठन र आँखारोग विशेषज्ञहरूको अनुभवले कुल जनसंख्याको १० प्रतिशत आँखाको समस्याबाट ग्रसित भएको देखाउँछ ।

तर, सरकारले आँखा कार्यक्रमका लागि बजेट विनियोजन गर्न सकेको छैन । सरकारले आँखासम्बन्धी कार्यक्रम ठोस रूपमा सञ्चालन गर्न नसकेको नेत्ररोग विशेषज्ञहरू बताउँछन् । सरकारले विगत पाँच महिनादेखि क्यान्सर रोगीहरूलाई दिँदै आएको १ लाख आर्थिक सहायतासमेत रोक्का गरेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ७ : ०७ बजे

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२