कारागार सार्न भरतपुरमा जग्गा खोजिँदै | Khabarhub Khabarhub

कारागार सार्न भरतपुरमा जग्गा खोजिँदै


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- जिल्ला कारागार भरतपुर रहेको ठाउँ साँघुरो भएपछि स्थानान्तरण गरिने भएको छ । सोका लागि जग्गा खोजीकार्य अघि बढाइएको छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार कैदीबन्दीको सङ्ख्या बढ्दै गएपछि फराकिलो ठाउँमा एक हजार क्षमताको कारागार निर्माण गर्ने तयारी गरिएको छ । हाल कारागारको क्षमता २८० भए पनि अहिले ७३० कैदीबन्दी छन् । बस्नेतले चार/पाँच बिघा जमीन खोजी भइरहेको बताए । हाल कारागार रहेको ठाउँमा एक बिघा १३ कठ्ठा जमीन छ ।

भरतपुर महानगरपालिकासँग समन्वय गरेर जग्गाको खोजीकार्य भइरहेको उनले बताए । अस्पताल, अदालत, प्रशासन र सरकारी वकिलको कार्यालय आवतजावत गर्नुपर्ने भएकाले भरतपुरको शहरी क्षेत्रमा नै जग्गाको खोजी भइरहेको उनले बताए । टाढा कारागार हुँदा खर्चिलो र व्यवस्थापनमा कठिन हुने भएकाले शहरी क्षेत्रमा नै जग्गा खोजी गरिएको बताए ।

जग्गाको पहिचानपछि कारागार भवन निर्माणका लागि प्रदेश सरकार तयार रहेको भन्दै उनले जग्गा खोजीको कामलाई तीव्रता दिइएको बताए । चालू आर्थिक वर्षमा जग्गाको पहिचान गरी आउँदा आर्थिक वर्षमा निर्माणको तयारी गरिएको छ । कारागारमा धेरै गैँडासम्बन्धी मुद्दाका कैदीबन्दी छन् भने अन्य जिल्लामा रहेका बिरामी कैदीबन्दीको रोजाइ पनि चितवन हुने हुँदा यो सङ्ख्या बढ्दो छ ।

यससँगै पूर्वी नवलपरासीमा जिल्ला अदालत भए पनि कारगार नभएकाले त्यसको दवाब यहाँको कारागारले थेग्नुपरेको कारागार प्रमुख कमलप्रसाद काफ्लेले बताए । यहाँको कारागारमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला तथा मकवानपुरबाट समेत कैदीबन्दी ल्याइने गरेको छ ।

विसं २०७५ भदौ ३ गते पूर्वी नवलपरासीमा जिल्ला अदालत स्थापना भएपछि त्यहाँबाट यहाँ १५३ कैदीबन्दी ल्याएर राखिएको छ । जिल्लामा कैदीबन्दीको चाप बढी भएपछि यहाँबाट समेत देशका अन्य कारागारमा कैदीबन्दी पठाउने गरिएको काफ्लेले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ८ : ४१ बजे

अर्जुननरसिंह केसीले भने : कुलिङ पिरियड तोडमोड गर्नेलाई छुट दिनुहुन्न

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले सिङ्गै

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

बागमती – बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मानव अधिकारको हरेक

किसान सञ्जालद्वारा १२ बुँदे घोषणापत्र जारी

काठमाडौं – राष्ट्रिय युवा किसान सञ्जाल नेपालले १२ बुँदे ‘युवा

सिङ्गापुरको मुद्रास्फीति घट्दै, पहिलो छ महिनामा ०.९ प्रतिशतमा सीमित

सिंगापुर – सिंगापुरको तथ्यांक विभागका अनुसार, सिङ्गापुरको उपभोक्ता मूल्य सूचकांक

अभिनेत्री मनिषा कोइरालालाई बेलायतमा सम्मान

बेलायत – अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस