तीन म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागको छापा « Khabarhub

तीन म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागको छापा


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगार विभागले तीन म्यानपावर कम्पनीमा छापामा छापा हानेको छ । जुपिटर ओभरसीज प्रालि, स्काई अफ दि वल्र्ड र ट्रष्ट नेपाल ओभरसीज प्रालिमा छापा मारेर केही कागतजागत नियन्त्रणमा लिएको विभागले जानकारी दिएको छ । यी म्यानपावर कम्पनीमा विमागका महानिर्देशक डा.भिष्मकुमार भूषालकै नेतृत्वमा छापा मारिएको विभागले जनाएको छ ।

रोजगारीका क्रममा कामदारलाई समस्या पर्ने र ठगि गर्ने कुनै पनि म्यानवारलाई कानुन छुट नुहने महानिर्देशक डा.भुषालले बताए ।

ती म्यानपावर कम्पनीले पूर्व स्वीकृति नै नगरि मलेसियाको इमिग्रेसन सेक्युरिटी क्लियरेनस (आईएससी) गराउन कामदार पठाएको उजुरी विभागमा परेको थियो । सरकारले नयाँ कामदार पठाउन अनुमति नदिएको अवस्थामा पनि प्रति कामदार ३२ सय रुपैंया लिएर मलेसियाको जिएसजी गराएको दावी विभागमा परेको उजुरीमा रहेको बताइएको छ ।

जुपिटर ओभरसीज प्रालि र स्काई अफ द वल्र्डमा फ्रि भिसा, फ्रि टिकट अन्तरगतको डिमाण्डमा कामदार छनौटमा समस्या देखिका कारण छापा मारिएको विभागले जानकारी दिएको छ ।

मलेसियाबीच गत कार्तिकमा भएको द्विपक्षीय श्रम समझदारीपछि पनि नयाँ कामदार मलेसिया जान पाएका छैनन् । सरकारले गत चैत अन्तिम साता कलिङ भिसा आएका कामदारको मात्र अन्तिम श्रम स्वीकृति दिएको छ । पछिल्लो समय म्यानपावर व्यवसायीले मलेसिया कामदार पठाउनै भन्दै व्यवसायीले धामधाम अन्तर्वार्ता लिइरहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १० : ३० बजे

राजधानीको टेकुमा आधा सिलिण्डर ग्यास लिनेको लाइन (तस्बिरहरू)

काठमाडौं– मध्यपूर्व क्षेत्रमा बढ्दो युद्धको प्रभाव काठमाडौँ उपत्यकामा पनि देखिन थालेको

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, शेयर बजार घट्दै

तेहरान– तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारहरूमा गिरावट आएको

पुरानैको रजगज, पार्टीको लज्जास्पद हार हुँदा पनि नाम फिर्ता लिएनन्

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकबाट

बुबाको पार्थिव शरीरमा दागबत्ती दिँदै केपी ओली (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना

किशोरी साहको रिटमा सुनुवाई सकियो

काठमाडौं- हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा-१ मा प्रत्यक्षतर्फ सबैभन्दा धेरै