उपासना र दयाहाङलाई लिएर प्रतीक्षित फिल्म ‘कबड्डी ३’ को औपचारिक घोषणा « Khabarhub

उपासना र दयाहाङलाई लिएर प्रतीक्षित फिल्म ‘कबड्डी ३’ को औपचारिक घोषणा


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तस्वीर – आर्यन बिमली

काठमाडौं – सफल चलचित्र ‘कबड्डी’ को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ को औपचारिक घोषणा गरिएको छ । सोमबार राजधानी एक विशेष कार्यक्रमको आयोजना गर्दै चलचित्रको घोषणा गरियो । घोषणा कार्यक्रममा फिल्मका शीर्ष कलाकारको उपस्थिति थियो ।

चलचित्रको निर्देशन रामबाबु गुरुङले गर्नेछन् । यसअघिका दुई भागमा पनि गुरुङकै निर्देशन थियो । ‘कबड्डी कबड्डी कबड्डी’ मा कथा उपेन्द्र सुब्बा र निर्देशक गुरुङको रहेको छ । सोमवार आयोजित कार्यक्रममा अभिनेता अनुप बराल, दयाहाङ राई, विजय बराल, उपासना सिंह ठकुरी, कर्मा, गौरव पहारी, रामबाबु गुरुङ, विल्सन विक्रम राई, लुनिभा तुलाधर लगायत उपस्थित थिए । फिल्मका निर्देशक रामबाबु गुरुङले यो फिल्म दर्शकले रुचाउने विश्वास व्यक्त गरे ।

तस्वीर – आर्यन बिमली

चलचित्र कमेडी जानरामा निर्माण हुनेछ । यस्तै चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, बुद्धि तामाङ, लुनिभा तुलाधर, विजय बराल लगायतका कलाकारको शीर्ष भूमिका रहने जनाइएको छ ।

फिल्मले स्वजातीय विवाह र अन्तरजातीय प्रेम सम्बन्धको अन्तर्द्वन्द्वलाई कथानक बनाएको छ । बाँसुरी फिल्मस् र सिनेमा आर्टको प्रस्तुति रहने यो फिल्मलाई मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारले निर्माण गरेका हुन् ।

फिल्म जेठ ५ गतेदेखि छायांकनमा जाने र भदौदेखि कार्तिकको बीचमा रिलिज हुने आयोजकले जनाएको छ । यो चलचित्रमा शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहनेछ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ११ : ३५ बजे

सुकी रिहाइको लागि आसियानले गरेको आह्वान म्यान्माद्वारा अस्वीकार 

बैङ्कक– म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ सान सुकीको

प्रधानमन्त्रीसँग भेटेपछि राजदूत श्रीवास्तव भन्छन् : नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने कुरा भयो

काठमाडौं- नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटेर

बक्स अफिसमा ‘गौँथली’को तहल्का, २४ दिनमै २० करोड क्लब नजिक

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले बक्स

एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन विजेतालाई सुनको बल 

काठमाडौं- एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन

परमाणु सम्झौताबिनै इरानसँग युद्ध अन्त्य गर्न तयार हुँदै ट्रम्प, होर्मुज खोल्नुपर्ने शर्त

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग औपचारिक परमाणु सम्झौता नगरी