‘भ्रष्टाचार नियन्त्रण गर्न गहिरो चिरफार आवश्यक’ « Khabarhub

‘भ्रष्टाचार नियन्त्रण गर्न गहिरो चिरफार आवश्यक’


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्निप्रसाद सापकोटाले मुलुकमा बढी रहेको भ्रष्टाचार नियन्त्रण गर्न गहिरो अनुसन्धान गरी चिरफार गर्न आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि आज भएको छलफलमा भाग लिँदै सापकोटाले भने, ‘समृद्धिको बाधक भनेको भ्रष्टाचार हो, हामीले यसलाई नियन्त्रण गर्ने कुरा गरिरहेका छौँ, तर दिनदिनै झागिँदै गएको छ, यसबारेमा अनुसन्धान गरेर चिरफार गर्नुपर्छ ।’

आगामी बजेटका प्राथमिकता र सिद्धान्तले सही दिशानिर्देशन गर्ने ढङ्गबाट आएको भनी स्वागत र समर्थन गर्दै उनले पूँजी परिचालन र खर्च व्यवस्थापनलाई मिलाएर बजेटका सम्बन्धमा सांसदले दिएको सुझावलाई समावेश गर्न आग्रह गरे ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विधेयक प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुष्ठित गर्ने ढङ्गबाट मिडिया काउन्सिल विधेयक आएकाले त्यसलाई फिर्ता लिन सरकारलाई सुझाव दिए ।

उनले भने, ‘मानवअधिकारको खण्डित गर्ने होइन, मौलिक हकको रक्षा गर्ने ढङ्गबाट विधेयक ल्याइयोस्, बालबालिकाको शिक्षासम्बन्धी हक तथा ज्येष्ठ नागरिकको हकअधिकार सुनिश्चित गर्नेतर्फ पनि सरकारले विशेष ध्यान पुर्‍याओस् ।

सरकारले प्रस्तुत नीति तथा कार्यक्रम तथा विधेयकका प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्ने क्रम नै नमिलेको बताउँदै उनले भने, ‘आगामी बजेट बनाउँदा संविधान पढेर मौलिक अधिकार कार्यान्वयन गर्न सहयोग पुग्ने ढङ्गबाट बनाइयोस् ।’

नेकपाका सांसद सुजिता शाक्यले आगामी बजेटलाई महिलामैत्री बनाउन र सामाजिक सुरक्षालगायतका रकमको सदुपयोगका लागि राष्ट्रिय परिचयपत्र बनाउने कामलाई पनि प्राथमिकता राखिनुपर्ने बताइन ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १ : ११ बजे

राजधानीको टेकुमा आधा सिलिण्डर ग्यास लिनेको लाइन (तस्बिरहरू)

काठमाडौं– मध्यपूर्व क्षेत्रमा बढ्दो युद्धको प्रभाव काठमाडौँ उपत्यकामा पनि देखिन थालेको

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, शेयर बजार घट्दै

तेहरान– तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारहरूमा गिरावट आएको

पुरानैको रजगज, पार्टीको लज्जास्पद हार हुँदा पनि नाम फिर्ता लिएनन्

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकबाट

बुबाको पार्थिव शरीरमा दागबत्ती दिँदै केपी ओली (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना

किशोरी साहको रिटमा सुनुवाई सकियो

काठमाडौं- हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा-१ मा प्रत्यक्षतर्फ सबैभन्दा धेरै