बुम्राह विश्वका उत्कृष्ट बलर – सचिन तेन्दुलकर « Khabarhub

बुम्राह विश्वका उत्कृष्ट बलर – सचिन तेन्दुलकर


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -भारतका लिजेन्ड क्रिकेटर सचिन तेन्दुलकरले तीव्र गतिका बलर जस्प्रित बुम्राह विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् । सोमबार आईसीसीसँग कुरा गर्दै सचिनले बुम्राह अहिलेको अवस्थामा विश्व क्रिकेटका क्षमतावान बलर भएको बताएका हुन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले चेन्नईलाई १ रनले हराउने क्रममा मुम्बईका लागि योगदान गरेका उनलाई सचिनले महान खेलाडीको संज्ञा दिएका हुन् । चेन्नईविरुद्ध फाइनलमा उनले ४ ओभर बलिङ गर्दै २ विकेट लिएर १४ खर्चर ‘म्यान अफ दि म्याच’ भएका थिए । समग्रमा उनले १९ विकेट लिँदै मुम्बईका लागि सबैभन्दा धेरै विकेट लिने खेलाडी बने ।

विश्व क्रिकेटमा सर्वाधिक रन बनाएका खेलाडी सचिनले मुम्बईका कप्तान युवराज सिंहसँग कुरा गर्दै बुम्राहको राम्रा बलर भएको बताएका थिए ।
बुम्राह इङ्ग्ल्यान्ड र वेल्समा हुने विश्वकप क्रिकेटमा भारतीय टोलीका महत्वपूर्ण खेलाडी हुन् ।

बुम्राह एकदिवसिय अन्तराष्ट्रिय क्रिकेटको वलिङ वरियतामा शीर्ष स्थानमा रहेका छन् । ‘बुम्राह राम्रा छन् । यसमा कुनै शंका छैन् र यो भन्न मलाई गाह्रो पनि छैन् । उनी अहिलेको अवस्थानमा विश्वका उत्कृष्ट खेलाडी हुन्,’सचिनले भने ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १ : २६ बजे

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा

अर्नब चक्रवातको प्रभाव : धानबाली नकाट्न कृषि विभागको आग्रह

काठमाडौँ– कृषि विभागले ‘अर्नब’ चक्रवातका कारण मौसम प्रतिकूल बनेपछि किसानलाई

कर्णालीका उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

कर्णाली– कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन

माइतीघरमा पत्रकारको मौन प्रदर्शन

काठमाडौँ– सञ्चारमाध्यममाथि राज्यबाट हस्तक्षेप भएको भन्दै पत्रकारहरूले शनिबार काठमाडौँको माइतीघरमा