बुम्राह विश्वका उत्कृष्ट बलर – सचिन तेन्दुलकर « Khabarhub

बुम्राह विश्वका उत्कृष्ट बलर – सचिन तेन्दुलकर


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -भारतका लिजेन्ड क्रिकेटर सचिन तेन्दुलकरले तीव्र गतिका बलर जस्प्रित बुम्राह विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् । सोमबार आईसीसीसँग कुरा गर्दै सचिनले बुम्राह अहिलेको अवस्थामा विश्व क्रिकेटका क्षमतावान बलर भएको बताएका हुन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले चेन्नईलाई १ रनले हराउने क्रममा मुम्बईका लागि योगदान गरेका उनलाई सचिनले महान खेलाडीको संज्ञा दिएका हुन् । चेन्नईविरुद्ध फाइनलमा उनले ४ ओभर बलिङ गर्दै २ विकेट लिएर १४ खर्चर ‘म्यान अफ दि म्याच’ भएका थिए । समग्रमा उनले १९ विकेट लिँदै मुम्बईका लागि सबैभन्दा धेरै विकेट लिने खेलाडी बने ।

विश्व क्रिकेटमा सर्वाधिक रन बनाएका खेलाडी सचिनले मुम्बईका कप्तान युवराज सिंहसँग कुरा गर्दै बुम्राहको राम्रा बलर भएको बताएका थिए ।
बुम्राह इङ्ग्ल्यान्ड र वेल्समा हुने विश्वकप क्रिकेटमा भारतीय टोलीका महत्वपूर्ण खेलाडी हुन् ।

बुम्राह एकदिवसिय अन्तराष्ट्रिय क्रिकेटको वलिङ वरियतामा शीर्ष स्थानमा रहेका छन् । ‘बुम्राह राम्रा छन् । यसमा कुनै शंका छैन् र यो भन्न मलाई गाह्रो पनि छैन् । उनी अहिलेको अवस्थानमा विश्वका उत्कृष्ट खेलाडी हुन्,’सचिनले भने ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १ : २६ बजे

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी