घरेलु मैदानको फाइदा उठाउँछौं – प्रशिक्षक लोप्सान « Khabarhub

घरेलु मैदानको फाइदा उठाउँछौं – प्रशिक्षक लोप्सान


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-मनाङ-मर्स्याङ्दी क्लबले एएफसी कप छनोटमा भारतीय फुटबल क्लब मिनर्भा पञ्जावसँगको होम गेममा बुधबार खेल्दैछ । मनाङले घरेलु मैदानमा भारतीय आई लिग च्याम्पियन मिनर्भासँग स्पष्ट जित निकाल्ने लक्ष्य रहेको बताएको छ ।

यसअघि अवे खेलमा एएफसी कपमा मिनर्भासँग बराबरी खेल्दै १ अंक बटुलेको मनाङ घरेलु मैदानमा मिनर्भालाई रोक्दै अंक तालिकामा ४ अंक जोड्ने लक्ष्य बनाएको जानकारी दिएको छ ।

अवे खेलमा मनाङले मिनर्भासँग २–२ गोलबो बराबरी खेलेको थियो । मंगलबार प्रि म्याच कन्फ्रेन्समा बोल्दै मनाङका प्रशिक्षक छिरिङ लोप्साङले मिनर्भाकै मैदानमा ड्र गरेर फर्किएकाले होम ग्राउण्डको फाइदा उठाउँदै जित हात पार्ने बताएका छन् ।

यस्तै, कप्तान विराज महर्जनले पनि अहिलेसम्मका खेलमा खेलाडीकै कारण पराजित हुनु परेको स्वीकार्दै बुधबारको खेलमा जित हात पार्ने बताएका छन् । मनाङविरुद्ध ३ अंक जोड्ने मिनर्भाका प्रशिक्षक सचिन तजानी बढानेले बताए । मनाङलाई घरेल मैदानमा रोक्दौ नेपाल बसाइ सुखद बनाउने लक्ष्यमा रहेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १ : ४७ बजे

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौं– प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर

अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, होर्मुज बन्द गर्ने चेतावनी

तेहरान- मध्यपूर्वमा जारी युद्धको चौथो हप्तामा, अमेरिकाले इरानविरुद्धको चेतावनी जारी