औषधि तथा उपकरण खरीद प्रक्रिया सरल बनाउन उपप्रधान तथा स्वास्थ्यमन्त्रीको सुझाव « Khabarhub

औषधि तथा उपकरण खरीद प्रक्रिया सरल बनाउन उपप्रधान तथा स्वास्थ्यमन्त्रीको सुझाव


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले झन्झटिलो खरीद प्रक्रियाका कारण औषधि तथा स्वास्थ्यका उपकरण खरीद प्रक्रियामा समस्या परेको बताएका छन् ।

प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिको आज (मंगलबार) को बैठकमा मन्त्री यादवले औषधि संवेदनशील क्षेत्र भएकाले यसलाई बोलपत्र प्रक्रियाभन्दा अन्य प्रक्रियाले खरीद गर्नुपर्ने व्यवस्था मिलाउन आवश्यक रहेको बताए । उपप्रधानमन्त्री यादवले भने, ‘औषधि र उपकरण कम दरभाउको बोलपत्रबाट खरीद गर्ने परम्पराले जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट वञ्चितसमेत हुन पुगेका छन् । खरीद गरिएका औषधिका पनि तीन महीनामा समयावधि सकिन्छ ।’

संविधान कार्यान्वयन गर्न बनेका प्रजनन स्वास्थ्य तथा जनस्वास्थ्य ऐनको प्रभावकारी कार्यान्वयन गर्न नियमावली आउन लागेको उहाँले जानकारी दिँदै कर्मचारी समायोजन प्रक्रियाले स्वास्थ्य क्षेत्रमा असर परेको बताए ।

उपप्रधानमन्त्री यादवले भने, ‘समायोजनले व्यथा दियो, यो व्यथा कहिल्यै निको नहुने भयो । स्वास्थ्य सेवा प्रभावमा समेत असर पर्न थाल्यो ।’ स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गर्न आवश्यक रहेकामा जोड दिँदै उनले स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ नीति ल्याउन लागिएको जानकारी दिए ।

समितिको बैठकमा समितिका सभापति जयपुरी घर्तीलाई स्वास्थ्य तथा जनसङ्ख्या उपसमितिका संयोजक खगराज अधिकारीले प्रतिवेदन हस्तान्तरण गरे ।

प्रतिवेदनमा के छ ?

औषधि, उपकरण, जनशक्ति एवं पूर्वाधार निर्माण गरी सबै पालिकाका अस्पताल तत्काल सञ्चालन गर्नुपर्ने, केन्द्रीय अस्पतालका औषधि बिक्री वितरण, अन्तरङ्ग, आकस्मिक कक्ष, बिरामी भर्ना श्ययालगायतका क्षेत्रमा थप सुधार गर्नुपर्ने, प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि केन्द्र, सङ्घ र स्थानीय निकायबीचमा थप समन्वय हुनुपर्ने सुझाव प्रतिवेदनले सरकारलाई दिएको छ ।

एम्बुलेन्स र शववाहन सेवालाई व्यवस्थित बनाउनुपर्ने, अस्पतालजन्य फोहरमैला निष्कासन, व्यवस्थापनमा ध्यान दिनुपर्ने, छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई अनिवार्य दुर्गम क्षेत्रमा सेवा गर्नुपर्ने प्रावधानलाई अनुगमन गर्नुपर्ने, सरकारी सबै अस्पतालका सम्पत्ति संरक्षणमा ध्यान दिनुपर्नेलगायतका सुझाव रहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १ : ५३ बजे

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

म्याग्दीमा खोलाले बगाएर एकजना बेपत्ता

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय