राजधानीमा ग्यारेज चलाउनेको धन्दा, मोटरसाइकल चोरेर पाटपूर्जा बिक्री ! | Khabarhub Khabarhub

राजधानीमा ग्यारेज चलाउनेको धन्दा, मोटरसाइकल चोरेर पाटपूर्जा बिक्री !


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी पाटपूर्जा बिक्री गर्ने गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत शनिबार (वैशाख २८ गते) काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा पार्किङ गरी राखिएको प्र.३–००२–००३प ८१३१ नम्बरको मोटरसाइकल चोरी भएको उजुरीका आधारमा छानबिन गर्दा प्रहरीले मोटरसाइकल चोरी गरेर पाटपूर्जा बिक्री गर्ने ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंको शंखरपुर–५ घर भइ कागेश्वर मनोहरा– १ गागलफेदीमा ग्यारेज सञ्चालन गरी बस्ने २६ वर्षीय तिलक बहादुर तामाङ, शंखरपुर–४ जर्सिङपौवा घर भएका २२ वर्षीय निराजन ओझा र गागलफेदी बस्ने १८ वर्षीय महोम्मद सजाद खान छन् ।

उनीहरुले अत्तरखेलबाट चोरी गरेको मोटरसाइकल गागलफेदीमा ल्याएर लुकाएर राखेका थिए । उक्त मोटरसाइकलबाट पाटपूर्जा झिकिएको अवस्था फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले यसअघि पनि विभिन्न मोटरसाइकल चोरी गरी आफ्नै वर्कशपबाट पाटपूर्जाहरु बिक्री गर्ने गरेका थिए ।

प्रहरीले उनीहरुले सञ्चालन गरेको ग्यारेजबाट चोरीका मोटरसाइकलमा पाटपूर्जा समेत बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  २ : ३० बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता