एन्फा बैठक : वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ चयन « Khabarhub

एन्फा बैठक : वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ चयन


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठकले वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङलाई चयन गरेको छ । मंगलबार बसेको एन्फा कार्यसमिति बैठकले नेम्वाङलाई चयन गरेको हाे ।

वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्ष विर बहादुर खड्काले दाबी पेश गरेका थिए । बैठककै क्रममा विवाद उत्पन्न भएपछि उपाध्यक्ष खड्का सहितको टोलीले  बैठक बहिष्कार गरे ।  उनीहरुले विधान वैधानिक नभएको भन्दै बैठक बहिस्कार गरे । उपाध्यक्ष खड्काले चितवनमा सम्पन्न साधारण सभाबाट संशोधन भएको विधानमा राष्ट्रिय खेलकुद (राखेप)को छाप नभेटेपछि विधान अवैधानिक भन्दै विरोध गरेको बताएका छन् ।

‘कार्यसमिति बैठक बस्नु भन्दा १४ दिन अगाडि सदस्यहरुलाई जानकारी गराउने प्रावधान पुरानो विधानमा व्यवस्था थियो । तर, संशोधित विधानमा ७ दिनभित्रै जानकारी गराउनुपर्ने व्यवस्था भए पनि विना स्वीकृत बैठक बोलाइएको हुँदा वैधानिक लागेन । बैठक बहिष्कार गर्‍यौं,’ उपाध्यक्ष खड्काले भने, ‘संशोधित विधान हेर्दा विधान नै राखेपबाट स्वीकृत नभएको पाइयो ।’

खबरहबसँग कुरा गर्दै खड्काले भने,‘यसअघि कर्मा जीहरुले नै तत्कालीन कार्यसमितिविरुद्ध आन्दोलन थाल्दा फिफा र एएफसीको नियम मात्र नभइ सरकारको स्वीकृति पनि चाहिन्छ भन्नु भएको थियो । तर, अब अहिले राखेपले स्वीकृति नदिँदै पेलेर जान खोज्नुभयो ।’

उपाध्यक्ष खड्कासहितको टोलीले बैठक बहिस्कार गरेपनि एन्फा कार्यसमिति बैठक भने जारी छ । तर, बैठकले गरेका कुनै पनि निर्णयहरु आफूहरुका लागि अमान्य हुने भन्दै यस्ता निर्णय विरुद्ध राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयमा उजुरी गर्ने खड्काले बताए ।

‘विधानमा छाप नदेखेपछि हामीले बैठक बहिस्कार गर्‍यौं । आज कुनै पनि निर्णय गरे राखेप र मन्त्रालयमा उजुरी दिन्छौं । कर्मा जिको आर्थिक पारदर्शिता लगायतका विषयहरु थिए तर, विर्सनु भयो,’ उनले भने ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ५ : १९ बजे

नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई

जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

नवनियुक्त चार मन्त्रीले लिए शपथ, अन्तरिम सरकार अब १४ सदस्यीय

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शुक्रबार चारजना मन्त्री थपिएका

फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाख रुपैयाँको क्षति

घोराही– यहाँको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत

महाधिवेशन अगाडि एमालेको अन्तिम सचिवालय बैठक च्यासलमा

काठमाडौं- शनिबारदेखि सुरू हुने एघारौँ महाधिवेशन अगाडि नेकपा एमाले सचिवालयको